राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन आज अमेरिका जाँदै हुनुहुन्छ।
  • उहाँले महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनको असरबारे नेपालको धारणा राख्नुहुनेछ।
  • भ्रमणका क्रममा उहाँले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ।

काठमाण्डौ – संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्युयोर्क जाँदै हुनुहुन्छ ।

महासभाको ८१औँ सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नुभएको हो । गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो ।

उहाँले यही ९ गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । तीन दिन न्युयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुनेछ । सम्बोधनको भोलिपल्ट नै उहाँ स्वदेश फर्किने परराष्ट्रको भ्रमण कार्यक्रम तालिकामा उल्लेख छ ।

प्रधानमन्त्री शाहले गएको भदौ १० मा नेपाल–चीन सीमाक्षेत्रको भोटेकोशी नदीमा आएको बाढी र त्यसले पारेको असर तथा जलवायुजन्य चुनौतीबारे धारणा राख्ने तयारी छ ।

महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क पुगिसक्नुभएको छ । परराष्ट्रमन्त्री खनाल असोज १३ गते मंगलबार स्वदेश फर्किनुहुनेछ ।

यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

- Advertisement -spot_img
-Advertisement-spot_img