२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

समाचार सारांश
Auto Generated by AI
  • जापानको नागोयामा २०औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन भएको छ।
  • प्रतियोगितामा ४५ देशका १५ हजार खेलाडीले ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
  • नेपालबाट १३५ खेलाडी सहभागी हुँदै कम्तीमा एक स्वर्ण जित्ने लक्ष्य राखिएको छ।

काठमाण्डौ – २०औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन भएको छ ।

जापानको नागोयामा रहेको मिजुहो रङ्गशालामा आयोजित विशेष समारोहमा जापानी सम्राट नारिहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलम्पिक काउन्सिल अफ एशियाका अध्यक्ष शेख जाओन बिन हमाद अल थानीले जापानले यसअघि नै दुई पटक एशियाली खेलकुद र पाँच वर्षअघि ओलम्पिक आयोजना गरिसकेकाले यस पटक पनि भव्य आयोजना हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

जापानले यसअघि सन् १९५८ मा टोकियो र १९९४ मा हिरोसिमामा एशियाली खेलकुद आयोजना गरिसकेको छ । औपचारिक उद्घाटन आज भए पनि प्रतियोगिताका केही खेलहरू बुधबारदेखि नै सुरु भइसकेका छन् ।

विभिन्न ५४ वटा खेल स्थलमा सञ्चालन हुने यस पटकको एशियाली खेलकुदमा ४५ देश र एउटा शरणार्थी टोलीका खेलाडीहरूले ४ सय ६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १५ हजार खेलाडी र अफिसियलसहित कुल १७ हजार जनाको सहभागिता रहनेछ । आयोजक जापानबाट ९ सयभन्दा बढी, चीनबाट ८ सयभन्दा बढी र दक्षिण कोरियाबाट झन्डै ८ सय खेलाडी सहभागी हुँदैछन् ।

यस पटक नेपालका तर्फबाट २१ खेलमा ५७ महिलासहित कुल १३५ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन समारोहको ’मार्च पास’ मा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले नेपालको झण्डा बोक्दै टोलीको गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्ले यस पटक कम्तीमा एक स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ । जसअन्तर्गत कराँते, कबड्डी, बक्सिङ र उसुलाई पदकको सम्भावित खेलका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

अख्तियारमा एक वर्षमा झन्डै ४१ हजार उजुरी

- Advertisement -spot_img
-Advertisement-spot_img