
- भूमिकास्थान–१० धन्चौरमा नेपाली कांग्रेसको १५औँ वडा अधिवेशन सम्पन्न भएको छ।
- पूर्णबहादुर भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ वडा कार्यसमिति चयन गरिएको छ।
- अधिवेशनले पार्टीको समीक्षा गर्दै ज्येष्ठ नागरिकलाई सम्मान र भावी कार्ययोजना तय गरेको छ।
हृदय भुसाल अर्घाखाँची । भूमिकास्थान नगरपालिका–१० धन्चौरमा नेपाली कांग्रेसको १५औँ वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पूर्णबहादुर भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ वडा कार्यसमिति चयन गरेको छ।
अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका निवर्तमान जिल्ला समिति सदस्य लेखनाथ पाण्डेले कांग्रेस लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी राजनीतिक दल भएको बताउँदै पार्टीलाई थप सुदृढ, संगठित र जनमुखी बनाउन सबै तहका नेता तथा कार्यकर्ताबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो।
अधिवेशनमा कांग्रेस भूमिकास्थान नगर कार्यसमिति सहसचिव बुद्धि भट्टराई, क्षेत्रीय प्रतिनिधि मिना घर्ती नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पुर्ब सचीव हृदय भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
अधिबेशनको अवसरमा ज्येष्ठ नागरिक शालिकराम पाण्डे, नामदेव भट्टराई लगायतका जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो।
अधिबेशनको उद्घाटन सत्र वडा पार्टी सभापति हेमराज भट्टराईको अध्यक्षता,उपसभापति रेमलाल भट्टराईले स्वागत मन्तव्य र सचिव धर्मराज भट्टराईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।
अधिवेशनबाट पूर्णबहादुर भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ वडा कार्यसमिति चयन भएको हो। नयाँ कार्यसमितिको उपसभापतिमा हिमनाथ खनाल र सचिवमा जालन्धर भट्टराई लगायत चयन हुनुभएको छ।
अधिवेशनले लेखनाथ पाण्डे, हेमराज भट्टराई, रेमलाल भट्टराई, धर्मराज भट्टराई, गोविन्द भट्टराई लगायतलाई क्षेत्रीय प्रतिनिधिका रूपमा चयन गरेको निर्वाचन अधिकृत कर्ण पुलामीले जानकारी दिनुभयो।
अधिवेशनले पार्टीको विगतको गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजनासमेत तय गरेको बताइएको छ। नवनिर्वाचित सभापति पूर्णबहादुर भट्टराईले नयाँ योजना र गतिशीलताका साथ पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।


























