अख्तियारमा एक वर्षमा झन्डै ४१ हजार उजुरी

समाचार सारांश
Auto Generated by AI
  • आर्थिक वर्ष २०८२/८३ मा अख्तियारमा ४० हजार ८४२ उजुरी परेकामा ८० प्रतिशत फर्छ्यौट भएका छन् ।
  • पालिकामा सबैभन्दा बढी उजुरी परेका छन् भने सङ्घीय मन्त्रालयमा भूमि व्यवस्था मन्त्रालयको हिस्सा धेरै छ ।
  • भ्रष्टाचारका १७५ मुद्दामा ९९० जनालाई प्रतिवादी बनाई २५ अर्बभन्दा बढी बिगो मागदाबी गरिएको छ ।

काठमाण्डाै – आर्थिक वर्ष २०८२/८३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुल ४० हजार ८४२ वटा उजुरी परेका छन् ।

आयोगले आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार कुल उजुरीमध्ये स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट ८० प्रतिशतभन्दा धेरै अर्थात् ३२ हजार ८२३ वटा उजुरी फर्छ्याेट भएका छन् ।

तहगतरूपमा विश्लेषण गर्दा पालिकामा हुने अनियमितताविरुद्ध सबैभन्दा धेरै २० हजार २५ वटा उजुरी परेका छन् । यो कुल उजुरीको झन्डै आधा हाने । यस्तै सङ्घीय सरकारतर्फ झन्डै ३८ प्रतिशत र प्रदेश सरकारतर्फ १३ प्रतिशत उजुरी दर्ता भएका छन् ।

सङ्घीय मन्त्रालयहरूतर्फ सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयसँग सम्बन्धित परेका छन् । प्रदेशतर्फ मधेश प्रदेशमा सबैभन्दा धेरै र गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी दर्ता भएका छन् । यस्तै पालिकातर्फ काठमाण्डाै र पोखरा महानगरपालिकामा सबैभन्दा धेरै उजुरी परेका छन् । उजुरी परेका शीर्ष १० पालिकामध्ये ८ वटा मधेश प्रदेशकै रहेका छन् ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार समीक्षा अवधिमा विभिन्न भ्रष्टाचारजन्य कसुरमा विशेष अदालतमा १७५ वटा मुद्दा दायर भएका छन् । सार्वजनिक सम्पत्ति हानि–नोक्सानी र घुस–रिसवतसम्बन्धी मुद्दा धेरै रहेका छन् । यी मुद्दाहरूमा ९९० जनालाई प्रतिवादी बनाउँदै कुल २५ अर्ब २३ करोड ६५ लाख रुपैयाँभन्दा धेरै बिगो मागदाबी गरिएको छ ।

यसै अवधिमा विशेष अदालतबाट फैसला भएका १५६ वटा मुद्दामध्ये झन्डै ५२ प्रतिशतमा आयोगलाई सफलता मिलेको छ । उजुरी दर्ताका लागि आयोगले वेबसाइट, इमेल, टेलिफोन, सामाजिक सञ्जाल र ‘हेलो सरकार’ लगायतका माध्यम प्रयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

मुगुमा तीन घण्टाभित्र दुई पटक भूकम्पको धक्का

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने

तीजकाे दिन शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न

- Advertisement -spot_img
-Advertisement-spot_img