भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने

समाचार सारांश
Auto Generated by AI
  • भारतले नेपाललाई पुस १६ सम्म दैनिक ६५४ मेगावाट बिजुली दिने निर्णय गरेको छ।
  • मुजफ्फरपुर–ढल्केबर र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनमार्फत उक्त बिजुली आपूर्ति हुनेछ।
  • बाढीले पुर्‍याएको क्षतिलाई मध्यनजर गर्दै भारतले सहयोगस्वरूप यो सुविधा उपलब्ध गराएको हो।
काठमाण्डौ – भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने भएको छ ।

भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत् नेपाललाई आउँदो डिसेम्बर ३१ तारिख अर्थात् आउँदो पुस १६ गतेसम्म राति १२ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् उपलब्ध गराउने निर्णय भएको जनाएको छ ।

मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसाइनमार्फत ५४ मेगावाट विद्युत् उपलब्ध गराइनेछ ।

भारतले सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यात भने सन् २०२६ डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा ठूलो असर परेको छ ।

भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

तीजकाे दिन शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न

आज बिहान धेरै ठाउँको मौसम खुल्यो, दिउँसोपछि केही ठाउँमा ठूलो वर्षाको संभावना

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

सङ्घीय अस्पतालमा शवगृह बनाइने

- Advertisement -spot_img
-Advertisement-spot_img