कोशी प्रदेशस्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन

२३ माघ २०८२, इटहरी । कोशी प्रदेशमा जलवायु परिवर्तन, वातावरणीय संरक्षण र सामाजिक न्यायका सवालमा एकीकृत आवाज निर्माण गर्ने उद्देश्यसहित कोशी प्रदेशस्तरीय जलवायु कार्य र न्याय सञ्जाल गठन गरिएको छ ।क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को समन्वयमा गठन भएको यस सञ्जालले प्रदेशभर क्रियाशील विभिन्न सामाजिक संघ–संस्थाहरू, अभियन्ता तथा सरोकारवालाहरूलाई एउटै साझा मञ्चमा जोड्ने लक्ष्य लिएको छ ।जलवायु परिवर्तनका असरहरू, बढ्दो प्रदूषण, अव्यवस्थित फोहोर व्यवस्थापन, स्वच्छ हावाको अभाव तथा वातावरणीय अन्यायका विषयहरूलाई प्राथमिकतामा राख्दै सञ्जालले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म प्रभावकारी पहल गर्ने जनाइएको छ । यस सञ्जालको मुख्य उद्देश्य वातावरणीय संरक्षण, दिगो फोहोर व्यवस्थापन, स्वच्छ हावा प्रवद्र्धन र जलवायु न्यायका मुद्दामा वकालत गर्नुका साथै, जलवायु कार्य र न्यायसँग मेल खाने गतिविधिहरूलाई स्थानीय तहदेखि प्रदेशस्तरसम्म प्रवद्र्धन गर्नु हो ।

सञ्जालले आफ्ना सदस्य संस्थाहरूको मूल कार्यक्षेत्र जेसुकै भए पनि, उनीहरूका गतिविधिहरूमा वातावरणीय सचेतना र जलवायु जिम्मेवारीलाई समाहित गर्ने दिशामा काम गर्नेछ । यसले विभिन्न क्षेत्रका संस्थाबीच सहकार्य र समन्वय बढाउने, साझा अभियानहरू सञ्चालन गर्ने तथा समुदायस्तरमा जलवायु सचेतना विस्तार गर्ने अपेक्षा गरिएको छ । बैठकमार्फत सञ्जालको प्रदेशस्तरीय समिति समेत गठन गरिएको छ । समितिको संयोजकमा लखन लाल साह चयन भएका छन् । समितिका सदस्यहरूमा चन्द्रमणि गुरागाईं, किरण घिमिरे, रक्षा सिंह, लोक बहादुर बिष्ट, इन्द्र माया विश्वकर्मा, सुजाता कुमारी देव, अनिता खतिवडा, जामुना कोईराला सिग्देल, मालती विश्वकर्मा तथा सुमन कार्की रहेका छन् । विविध पृष्ठभूमिका व्यक्तिहरूको सहभागिताले सञ्जाललाई समावेशी र बलियो बनाउने विश्वास गरिएको छ । सञ्जाल गठनको बैठक क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले सहजीकरण गरेका थिए । उनले जलवायु संकटको वर्तमान सन्दर्भमा यस्ता सञ्जालहरूको आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्दै, कोशी प्रदेशमा प्रभावकारी जलवायु अभियानको सुरुवातका रूपमा यस सञ्जाललाई महत्वपूर्ण कदमका रूपमा वर्णन गरे । क्लिन अप नेपालले कोशी प्रदेशस्तरीय जलवायु कार्य र न्याय सञ्जालमा नियुक्त सबै सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । सञ्जालले आगामी दिनमा नीति वकालत, क्षमता अभिवृद्धि, जनचेतना अभियान र सहकार्यमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै स्वच्छ, हरित र न्यायपूर्ण कोशी प्रदेश निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img