कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजबाट देशभर वडा अधिवेशन सुरु हुँदैछ।
  • वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ।
  • बाढी प्रभावित क्षेत्रबाहेक अन्य स्थानमा निर्वाचन अधिकृतहरू पुगिसकेका छन्।

काठमाण्डौ – नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन शुरु हुँदैछ ।

आज र भोलि देशभर वडामा अधिवेशन गर्ने तालिका छ । वडा अधिवेशनले वडा कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ । क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन् ।

महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचनाअनुसार वडा कार्यसमितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ । एउटा वडाबाट २३ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेले वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेको बताउनुभएको छ । उहाँकाअनुसार भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा स्थानीय कार्यकर्तासँगको समन्वयमा केही दिन ढिला हुन सक्नेछ ।

पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई समेत आउँदो महाधिवेशनमा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागी गराउने गरी व्यवस्था गरिएको चालिसेले बताउनुभएको छ ।

वडा अधिवेशनका क्रममा सम्बन्धित वडा सभापतिले असहयोग गरे जिल्ला सभापतिले तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी दिन सक्ने अधिकार केन्द्रले दिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

अख्तियारमा एक वर्षमा झन्डै ४१ हजार उजुरी

मुगुमा तीन घण्टाभित्र दुई पटक भूकम्पको धक्का

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने

- Advertisement -spot_img
-Advertisement-spot_img