माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

समाचार सारांश
Auto Generated by AI
  • सन्धिखर्क नगरपालिकाले आवश्यकता र औचित्यका आधारमा दरबन्दी थपघट गर्ने भएको छ।
  • नियमअनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी प्रभावकारी सेवा प्रवाह गरिनेछ।
  • अनावश्यक दरबन्दी कटौती गर्दै मापदण्ड बमोजिम कर्मचारी व्यवस्थापन गरिनेछ।

बसन्त श्रेष्ठ अर्घाखाँची ।सन्धिखर्क नगर प्रमुख श्रेष्ठले माग र आवश्यकताको आधारमा नगरपालिकाको दरबन्दी बिवरण थपघट हुने बताउनुभएको छ । सन्धिखर्क नगरपालिकाको आयोजना तथा तथा सरस कन्सल्टिङ्ग प्रा.लि सन्धिखर्क नगरपालिकाको सहजीकरणमा भएको कार्यक्रममा उहाँले नगरपालिकाबाट बिभिन्न खालका समय अनुसारका सेवा प्रवाह गर्ने चाहाना हुँदा हुँदै पनि कतिपय सेवाहरु प्रबाह गर्न नसकेको बताउनुभयो । उहाँले कर्मचारी माग गरे बमोजिम नहुँदा प्राबिधिक कर्मचारीहरुबाट पनि वडामा वडा सचिवको कामकाज भैरहेको पनि बताउनुभयो । सन्धिखर्क नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण O & M सवेक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगरपालिकाको आम्दानी तथा खर्च क्षमता हेरेर नापी मालपोज जस्ता सेवाहरु पनि सञ्चालन गर्ने बिषयमा छलफल भैरहेको बताउनुभयो । उहाँले कसैको सोर्स फोर्सको आधारमा नभई प्रचलित नियम कानुनको अधिनमा रहेका आवश्यक शाखा तथा दरबन्दी बिस्तार र कटौती गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले सन्धिखर्क नगरपालिकामा समय अनुसार दरबन्दी बिस्तार र अनावश्यक दरबन्दी कटौती गरेर अगाढी बढ्ने बताउनुभयो । उहाँले सन्धिखर्क नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण नहुँदा अत्यावश्यक शाखाहरुमा कर्मचारी बिस्तार गरी सेवा प्रवाह गर्न असहज रहेको बताउदै दरबन्दी बिवरणमा समावेश नभएका कर्मचारीहरु कटौती गरिने समेत बताउनुभयो । उहाँले संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी राष्ट्रिय मापदण्ड २०८२ बमोजिम दरबन्दी बिस्तार गरी अनावश्यक दरबन्दी कटौती गरिने बताउनुभयो ।
कार्यक्रममा सहजकर्ता बिषय बिज्ञ तथा नेपाल सरकारका पूर्व सचिव डा. दामोदर रेग्मीले सन्धिखर्क नगरपालिकाको समयानुकुल संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी सेवा प्रवाह लगायतका बिषयमा प्रभावकारीता ल्याइनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहले निश्चत मापदण्डमा टेकेर आफ्नो आवश्यकता तथा माग बमोजिम संगठन संरचना हेरफेर गर्न सकिने तर्फ संकेत गर्दै नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण नहुँदा बिभिन्न खाले सेवा प्रभाव तथा समयानुकुल सेवा प्रबाह गर्न कठिन हुने बताउनुभयो ।
सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा नगरकार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण बरिष्ठ प्रशासकीय अधिकृत हरिश्चन्द्र भुसालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

अख्तियारमा एक वर्षमा झन्डै ४१ हजार उजुरी

मुगुमा तीन घण्टाभित्र दुई पटक भूकम्पको धक्का

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने

- Advertisement -spot_img
-Advertisement-spot_img