सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ।
  • पाल्पाको विकास र पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यम र जनप्रतिनिधिबीच बलियो साझेदारी आवश्यक रहेकोमा जोड दिइयो।
  • अधिवेशनले माधव अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

पदम गैरे पाल्पा । सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पाल्पा क्षेत्र नं. १ का संघीय सांसद सन्दीप रानाले पाल्पाको विकास, पर्यटन र सञ्चारको भूमिकाबारे विचार व्यक्त गर्नुभयो । उहाँले “पाल्पा पर्यटकीय र उत्पादनका दृष्टिले उच्च सम्भावनायुक्त क्षेत्र भएकाले यहाँका स्थानीय उत्पादन र संस्कृतिको प्रवद्र्धनमा सञ्चार माध्यमको सकारात्मक सहकार्य आवश्यक छ । ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय क्यालेन्डरमा समावेश गरी राष्ट्रपतिको उपस्थिति गराउने र रामपुरलाई वैदिक सहरका रूपमा विकास गर्ने योजनामा मिडियाले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । सञ्चार माध्यमले निष्पक्ष खबरदारी गर्दै असल अभ्यासको दीर्घकालीन अभिलेखीकरणमा सहकार्य गरी विकास निर्माण र पर्यटकीय प्रवद्र्धनका लागि मिडिया र जनप्रतिनिधिबीच बलियो साझेदारी हुनुपर्नेमा सांसद रानाले जोड दिनुभयो ।

त्यस्तै, लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले पत्रकारिता केवल बाँच्नका लागि मात्र गरिने पेसा नभई निष्पक्षता र सामाजिक उत्तरदायित्व वहन गर्ने एक संवेदनशील माध्यम रहेको बताउनुभयो । उहाँले राजनीति र नेतृत्वप्रतिको जनविश्वास खस्किँदै गएको वर्तमान अवस्थामा सञ्चार क्षेत्र राजनीतिक आस्था र स्वार्थभन्दा माथि उठ्न जरुरी रहेको बताउनुभयो । सञ्चारकर्मीले कथनी र करणीमा एकरूपता ल्याउँदै पेसागत मर्यादा र आत्मसम्मान जोगाउन आत्मसमीक्षा गर्नुपर्ने प्रदेश सभा सदस्य रानाको भनाइ थियो ।

अर्का लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले जनप्रतिनिधि र मिडिया दुवैले सुशासन, पारदर्शिता र समृद्धिका लागि परिपूरकका रूपमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समस्याको जरासम्म पुगेर पत्रकारको आत्मसम्मान र आपसी हार्दिकता जोगाउने वातावरण बन्नाउनुपर्ने बताउनुभयो । मिडिया सबलीकरण र मर्यादित अभ्यासका लागि महासंघ वा सञ्चार मञ्चले नेतृत्व लिएर जिल्लाको विकास गतिविधिमा साझेदारी गरेर अगाडि बढ्नुपर्ने प्रदेश सभा सदस्य सारुले बताउनुभयो ।

कार्यक्रममा रास्वपा पाल्पाका उपसभापति सुमन गैरेले स्थानीय तह र मिडिया दुवैले आत्मसमीक्षा गर्दै सुशासनका लागि सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आपसी फाटो हटाएर मात्र पत्रकारिताको पेसागत विकास र संस्थागत सबलीकरण सम्भव रहेको बताउनुभयो ।
नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले मिडियामा हुने लगानीलाई उपलब्धिमूलक र प्रतिफलमुखी बनाउन स्पष्ट रणनीति आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय विकासका साझेदार र सञ्चारगृहबीच दिगो सहकार्यको ढाँचा तयार गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमालेका पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले स्थानीय तह र मिडिया एकापसका परिपूरक भएकाले कमीकमजोरी औँल्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सकारात्मक खबरदारीले मात्र मिडिया सबलीकरण र विकासमा दिगो साझेदारी सम्भव रहेको बताउनुभयो ।
नेकपा पाल्पाका संयोजक नेत्रप्रसाद पाण्डेयले सञ्चार क्षेत्रको संस्थागत विकासका लागि नीतिगत स्पष्टता र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सत्यतथ्य सूचना प्रवाह गर्दै विकास निर्माणका कार्यमा पत्रकारहरुले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले पत्रकारहरुले घटनामा आधारित वस्तुनिष्ठ पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार माध्यमको दिगोपनका लागि स्थानीय सरकारबाट संरक्षण र सबलीकरण अनिवार्य रहेको बताउनुभयो ।
यस्तैगरी रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले पत्रकारितालाई थप विश्वसनीय बनाई अन्तर–पालिका सम्बन्ध जोड्ने पुल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बिग्रीएका विषय मात्र नभै मिडिया र जनप्रतिनिधिबीचको दूरी घटाउँदै असल अभ्यासको आदानप्रदानमा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले खोजमूलक र मानवीय संवेदनशीलतामा आधारित सत्यतथ्य समाचार लेखनमा पत्रकारले जोड दिनुपर्ने बताउनुभयो । उहाँले अनुसन्धानमूलक पत्रकारिता प्रवद्र्धन गरी निष्पक्षता जोगाउन सबै पक्ष सजग हुनुपर्ने बताउनुभयो ।
बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले स्थानीय सरकारका गल्ती औँल्याउँदै जनतासम्म सही सूचना पु¥याउन मिडियाहरुले अब्बल भूमिका खेलेको बताउनुभयो । उहाँले असल कामको सार्वजनिकीरण र गलत कामको खबरदारीले लोकतन्त्रलाई सुदृढ बनाउँने विश्वास व्यक्त गर्नुभयो ।

रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सञ्चार माध्यमले व्यक्ति तोकेर नभई सबै जनप्रतिनिधिका कामलाई समान स्थान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले उपाध्यक्षसँग जोडिएका विकास निर्माणका कार्यक्रमलाई पनि प्राथमिकताका साथ समेट्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले व्यक्ति वा मिडिया रिझाउने प्रवृत्ति छाडी सुशासन र पारदर्शितामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारितालाई जवाफदेही बनाउँदै असल अभ्यासको दीर्घकालीन दस्तावेज निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी गोविन्द भट्टराईले ‘भ्यूज’ को पछि नलागी वास्तविक र सत्यतथ्य ‘न्यूज’ मा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । उहाँले पूर्वाग्रह त्यागी संकटमा परेको पत्रकारिता क्षेत्रको संरक्षण र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेश कुमार अर्यालले पत्रकारिता कर्म गरेर मात्र जीविकोपार्जन गर्न कठिन भइरहेको यथार्थलाई सम्बोधन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चारकर्मीको पेसागत सुरक्षा र मिडिया सबलीकरणका लागि ठोस कदम चाल्नुपर्ने अवस्था आएको बताउनुभयो ।

यस्तैगरी पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीरमान सिंहले पर्यटन प्रवद्र्धन र स्थानीय विकासका लागि मिडियासँगको साझेदारी फलदायी रहेको बताए । कार्यक्रम सन्चार मंन्च पाल्पाका अध्यक्ष पदम गैरे को अध्यक्षता मा चलेको थियो । अधिबेशन ले माधब अर्याल अध्यक्ष रहेको नयाँ कार्यसमिति समेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

पेट्रोलियम पदार्थको भाउ यथावत

दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

- Advertisement -spot_img
-Advertisement-spot_img