सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ।
  • पाल्पाको विकास र पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यम र जनप्रतिनिधिबीच बलियो साझेदारी आवश्यक रहेकोमा जोड दिइयो।
  • अधिवेशनले माधव अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

पदम गैरे पाल्पा । सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पाल्पा क्षेत्र नं. १ का संघीय सांसद सन्दीप रानाले पाल्पाको विकास, पर्यटन र सञ्चारको भूमिकाबारे विचार व्यक्त गर्नुभयो । उहाँले “पाल्पा पर्यटकीय र उत्पादनका दृष्टिले उच्च सम्भावनायुक्त क्षेत्र भएकाले यहाँका स्थानीय उत्पादन र संस्कृतिको प्रवद्र्धनमा सञ्चार माध्यमको सकारात्मक सहकार्य आवश्यक छ । ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय क्यालेन्डरमा समावेश गरी राष्ट्रपतिको उपस्थिति गराउने र रामपुरलाई वैदिक सहरका रूपमा विकास गर्ने योजनामा मिडियाले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । सञ्चार माध्यमले निष्पक्ष खबरदारी गर्दै असल अभ्यासको दीर्घकालीन अभिलेखीकरणमा सहकार्य गरी विकास निर्माण र पर्यटकीय प्रवद्र्धनका लागि मिडिया र जनप्रतिनिधिबीच बलियो साझेदारी हुनुपर्नेमा सांसद रानाले जोड दिनुभयो ।

त्यस्तै, लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले पत्रकारिता केवल बाँच्नका लागि मात्र गरिने पेसा नभई निष्पक्षता र सामाजिक उत्तरदायित्व वहन गर्ने एक संवेदनशील माध्यम रहेको बताउनुभयो । उहाँले राजनीति र नेतृत्वप्रतिको जनविश्वास खस्किँदै गएको वर्तमान अवस्थामा सञ्चार क्षेत्र राजनीतिक आस्था र स्वार्थभन्दा माथि उठ्न जरुरी रहेको बताउनुभयो । सञ्चारकर्मीले कथनी र करणीमा एकरूपता ल्याउँदै पेसागत मर्यादा र आत्मसम्मान जोगाउन आत्मसमीक्षा गर्नुपर्ने प्रदेश सभा सदस्य रानाको भनाइ थियो ।

अर्का लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले जनप्रतिनिधि र मिडिया दुवैले सुशासन, पारदर्शिता र समृद्धिका लागि परिपूरकका रूपमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समस्याको जरासम्म पुगेर पत्रकारको आत्मसम्मान र आपसी हार्दिकता जोगाउने वातावरण बन्नाउनुपर्ने बताउनुभयो । मिडिया सबलीकरण र मर्यादित अभ्यासका लागि महासंघ वा सञ्चार मञ्चले नेतृत्व लिएर जिल्लाको विकास गतिविधिमा साझेदारी गरेर अगाडि बढ्नुपर्ने प्रदेश सभा सदस्य सारुले बताउनुभयो ।

कार्यक्रममा रास्वपा पाल्पाका उपसभापति सुमन गैरेले स्थानीय तह र मिडिया दुवैले आत्मसमीक्षा गर्दै सुशासनका लागि सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आपसी फाटो हटाएर मात्र पत्रकारिताको पेसागत विकास र संस्थागत सबलीकरण सम्भव रहेको बताउनुभयो ।
नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले मिडियामा हुने लगानीलाई उपलब्धिमूलक र प्रतिफलमुखी बनाउन स्पष्ट रणनीति आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय विकासका साझेदार र सञ्चारगृहबीच दिगो सहकार्यको ढाँचा तयार गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमालेका पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले स्थानीय तह र मिडिया एकापसका परिपूरक भएकाले कमीकमजोरी औँल्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सकारात्मक खबरदारीले मात्र मिडिया सबलीकरण र विकासमा दिगो साझेदारी सम्भव रहेको बताउनुभयो ।
नेकपा पाल्पाका संयोजक नेत्रप्रसाद पाण्डेयले सञ्चार क्षेत्रको संस्थागत विकासका लागि नीतिगत स्पष्टता र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सत्यतथ्य सूचना प्रवाह गर्दै विकास निर्माणका कार्यमा पत्रकारहरुले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले पत्रकारहरुले घटनामा आधारित वस्तुनिष्ठ पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार माध्यमको दिगोपनका लागि स्थानीय सरकारबाट संरक्षण र सबलीकरण अनिवार्य रहेको बताउनुभयो ।
यस्तैगरी रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले पत्रकारितालाई थप विश्वसनीय बनाई अन्तर–पालिका सम्बन्ध जोड्ने पुल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बिग्रीएका विषय मात्र नभै मिडिया र जनप्रतिनिधिबीचको दूरी घटाउँदै असल अभ्यासको आदानप्रदानमा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले खोजमूलक र मानवीय संवेदनशीलतामा आधारित सत्यतथ्य समाचार लेखनमा पत्रकारले जोड दिनुपर्ने बताउनुभयो । उहाँले अनुसन्धानमूलक पत्रकारिता प्रवद्र्धन गरी निष्पक्षता जोगाउन सबै पक्ष सजग हुनुपर्ने बताउनुभयो ।
बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले स्थानीय सरकारका गल्ती औँल्याउँदै जनतासम्म सही सूचना पु¥याउन मिडियाहरुले अब्बल भूमिका खेलेको बताउनुभयो । उहाँले असल कामको सार्वजनिकीरण र गलत कामको खबरदारीले लोकतन्त्रलाई सुदृढ बनाउँने विश्वास व्यक्त गर्नुभयो ।

रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सञ्चार माध्यमले व्यक्ति तोकेर नभई सबै जनप्रतिनिधिका कामलाई समान स्थान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले उपाध्यक्षसँग जोडिएका विकास निर्माणका कार्यक्रमलाई पनि प्राथमिकताका साथ समेट्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले व्यक्ति वा मिडिया रिझाउने प्रवृत्ति छाडी सुशासन र पारदर्शितामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारितालाई जवाफदेही बनाउँदै असल अभ्यासको दीर्घकालीन दस्तावेज निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी गोविन्द भट्टराईले ‘भ्यूज’ को पछि नलागी वास्तविक र सत्यतथ्य ‘न्यूज’ मा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । उहाँले पूर्वाग्रह त्यागी संकटमा परेको पत्रकारिता क्षेत्रको संरक्षण र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेश कुमार अर्यालले पत्रकारिता कर्म गरेर मात्र जीविकोपार्जन गर्न कठिन भइरहेको यथार्थलाई सम्बोधन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चारकर्मीको पेसागत सुरक्षा र मिडिया सबलीकरणका लागि ठोस कदम चाल्नुपर्ने अवस्था आएको बताउनुभयो ।

यस्तैगरी पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीरमान सिंहले पर्यटन प्रवद्र्धन र स्थानीय विकासका लागि मिडियासँगको साझेदारी फलदायी रहेको बताए । कार्यक्रम सन्चार मंन्च पाल्पाका अध्यक्ष पदम गैरे को अध्यक्षता मा चलेको थियो । अधिबेशन ले माधब अर्याल अध्यक्ष रहेको नयाँ कार्यसमिति समेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज बिहान धेरै ठाउँको मौसम खुल्यो, दिउँसोपछि केही ठाउँमा ठूलो वर्षाको संभावना

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

सङ्घीय अस्पतालमा शवगृह बनाइने

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट उद्धार

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा

- Advertisement -spot_img
-Advertisement-spot_img