अर्घाखाँची । पाणिनी गाउँपालिकाको प्रशासकिय भवनको एक कार्यक्रमका बिचमा गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले उद्घाटन गर्नु भएको छ । भवनको उद्घाटन गर्दे अध्यक्ष न्यौपानेले आम जनतालाई छिटो छरितो र सहज सेवा दिन गाउँपालिका प्रतिबद्ध रहेको भन्दै सबैलाई गाउँपालिकाले सम्मान हिसाबले ब्यवहार गर्ने बताउनु भयो । अध्यक्ष न्यौपानेले भने,“बिकास सवैका लागी हो,जनता सवैका हुन,म जनताको सेवामा दिनरात नभनी काम गर्न आएको छु,सबैलाई महसुस हुने गरी काम गर्ने हो,सवैको साथ सहयोग हुनुपर्छ’ ।
अध्यक्ष न्यौपानेले माग आबश्यकताको आधारमा बिकास निमार्णका कामलाई प्रभावकारी तवरले सम्मुनत र समृद्ध गाउँपालिका हुने गरि अगाडी बढाउने बताउनु भयो । कार्यक्रममा पालिका उपाध्यक्ष नर्मदा गौतम पौडेलले सवैको सुझाव सल्लाहबाट आफुहरुले पालिकाको कामलाई अगाडी बढाउने भन्दै योजनाबद्ध रुपमा बिकासको कार्यलाई अगाडी बढाउने बताउनु भयो ।
गाउँपालिकाका संस्थापक अध्यक्ष अच्युत गौतमले चुवाब सम्म कुनै राजनैतिक पुवाग्रह बिना पालिकाको बिकासका लागी सबै एक भयर जानु पर्ने भन्दै राम्रो कामका लागी आफ्नो सधँै साथ सहयोग रहने बताउनु भयो ।
कार्यक्रममा मालारानी गाउँपालिका उपाध्यक्ष दिपा पोख्रेलले सुभकामना ब्यतm गर्दै अन्तरपालिकाको सम्बन्धलाई थप सुदृढ बनाउनु पर्ने बताउनु भयो ।
संस्थापक उपाध्यक्ष लक्ष्मी गौतमले जनताको भावनालाई केन्द« भागमा राखेर काम गर्नुपर्ने भन्दै बिकासका लागी सवै पक्ष प्रतिबद्ध भयर अगाडी जानुपर्ने बताउनु भयो । कार्यक्रमा स्वागत गर्दे प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जनतालाई सहज सेवाको लागी कर्मचारीहरुको टिम प्रतिबद्ध रहेको भन्दै सवै पक्ष जिम्मेवार र जवाफदेही बन्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य कमल प्रसाद घिमिरे,नेपाली काग्रेसका पालिका सभापति तुल्सीराम पौडेल,नेकपा एमाले पालिका सहईन्चार्ज दुर्गा अधिकारी,नेकपा माओवादी पालिका अध्यक्ष भोजराज घिमिरे,नेकपा एकिकृत समाजवादीका पालिका अध्यक्ष डेम बहादुर नेपाली,राप्रपा पालिका अध्यक्ष वेदराज घिमिरे जनमोर्चा पालिका अध्यक्ष नितीराज भट्टराई,वाड अध्यक्षहरु वाड ६ का अध्यक्ष कृष्ण पौडेल,वाड ७ का अध्यक्ष गुनाखर अधिकारी,सम्पुर्ण जग्गादाहरुको तर्फवाट बावुराम घिमिरे भुवन नेपाल पत्रकार महासंघका जिल्ल्ला सहसचिब हृदय भुसाल लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नु भएको थियोे ।
उद्घाटन कार्यक्रमा निमार्ण ब्यवसायि कबिराम खनाल सहित जग्गादाताहरुलाई सम्मान गर्नुका साथै सोही भवन उद्घाटनको अवसरमा पालिका बाट पुर्व निर्वाचित जनप्रतिनिधी संस्थापक अध्यक्ष अच्चुत गौतम,उपाध्यक्ष लक्ष्मी गौतम सहितका सम्पुर्ण पुर्व जनप्रतिनिधीहरुलाई बिशेष सम्मान समेत गरिएको थियो । पुजाँ आजाँ,भजन कृतन सहित उद्घाटन गरिएको भवन करिब ९ करोडको लगानीमा निमार्ण भएको पालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा पालिकाका जनप्रतिनिधी, राजनैतिक दल, कर्मचारी, पुर्वजनप्रतिनिधी, सम्पुर्ण बिधालयका प्रधानध्यापक तथा शिक्षक, निजीक्षेत्र, पत्रकार बुद्धिजिवी साथै पालिकाका सवैसरोकारवालाहरुको बाक्लो उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षता र बसन्त श्रेष्ठ र तेज खनालको संचालनमा सम्पन्न भएको थियो ।