अनेमसंघ (समाजवादी) अर्घाखाँचीद्वारा तीज विशेष दरखाने कार्यक्रमको आयोजना

अर्घाखाँची । अखिल नेपाल महिला संघ (समाजवादी) जिल्ला समिति अर्घाखाँचीले नेपाली नारीहरुको महान चाड तीजलाई मध्यनजर गर्दै तीज विशेष दर खाने कार्यक्रमको आयोजना गरेको छ । भाद्र २५ गते सोमबार सन्धिखर्कको होटल डायमण्डमा कार्यक्रमको आयोजना गरिएको अनेमसंघका नेता सुनिता बेल्वासेले जानकारी दिइन् । उनका अनुसार कार्यक्रमको तयारी लगभग पूरा भइसकेको छ ।

यस्तै कार्यक्रममा चेलिबेटीले दर खाने, तीजका भाकाहरुमा नृत्य गर्नेछन् । कार्यक्रमलाई भव्यता साथ सम्पन्न गर्ने तयारी रहेको अनेमसंघ समाजवादीका नेता सुमित्रा मुखियाले बताइन् । उनले कार्यक्रममा धेरै महिलाको सहभागीता रहेने जानकारी दिइन् । हिजो सनिवार बसेको नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीको सचिवालय बैठकमा समेत तिज विशेष दर खाने कार्यक्रमको छलफल भएको थियो ।

खासगरी तिजको अघिल्लो दिन घरमै बनाएर दर खाने गरिन्छ, तर विभिन्न संघ संस्थाले भने त्यो दिन बिदा हुने भएकाले दर खाने कार्यक्रमको आयोजना गरि पहिला देखि नै दर खाने चलन छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।

दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौर देउरालीमा त्रयोदशीका दिन भव्य सराय नाच हुने

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा सञ्चालन

आज पनि महाअष्टमी, हिजोकै कर्म दोहोर्‍याउन सुझाव

- Advertisement -spot_img
-Advertisement-spot_img