खनालले जन्म दिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री र बिरामीलाई आर्थिक सहयोग गरे

५ पौष, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ३ का पुर्व वडा अध्यक्ष शोभाखर खनालले जन्म दिनमा बाहिरी फर्जुल खर्च नगरी विपन्न विद्यार्थी र मृगौला बिरामीलाई आर्थिक सहयोग गरेका छन् । खनालको आज मंगलबार जन्मदिन हो । उनले जन्मदिनको अवसर पारेर वडा नं. ३ मा रहेको सुन्दरा निम्न माध्यमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरेका हुन् ।

खनालले अनुप बिक, रितिक बिक, सम्झना नेपालीलाई जनही ५÷५ सयका दरले आर्थिक सहयोग गर्नुका साथै सोही विद्यालयमा अध्ययनरत करिब ४० जना विद्यार्थीलाई शैक्षिक सामाग्री र फलफुल वितरण गरेका हुन् । उनले विद्यालयलाई १ थान थान फिल्टर पनि उपलब्ध गराएका थिए ।

पुर्व वडा अध्यक्ष खनालले मालारानी गाउँपालिका वडा नं ५ निवासी मृगौला पीडित १४ वर्षीय बालक विनोद चौहानको उपचारको लागि २ हजार ५ सय रुपैँया आर्थिक सहयोग गरेका थिए । ‘जन्म दिन तथा कुनै खुसीयाली मनाउँदा मानिसहरु फर्जल खर्च गरी खाएर सक्ने गर्छन् तर म त्यो सोच भन्दा बाहिरी मान्यता राख्छु मैले फर्जुल खर्च गर्नुभन्दा कसैलाई सहयोग गरे राम्रो हुन्छ भन्ने मान्यता राख्ने गर्छु । सेवा नै धर्म है ।’

उदियमान क्लब र सुन्दरा निमाविले यस्तो कामको सिको सबैले गर्नुपर्ने र खनाललाई जन्म दिनको शुभकामना व्यक्त गरेका छन् ।उदियमान क्लबले विनोद चौहानको उपचारको लागि आर्थिक सहयोग जुटाउन समन्वय गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै