२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

Workplace

अर्घाखाँची । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अघांखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रम आज सदरमुकाम सन्धिखकंमा सम्पन्न गरिएको छ । आईतवार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना माथि पूर्व समिक्षा गरिएको हो ।

इन्सेक प्रतिनिधि कुल बहादुर नेपाली अनुसार जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा समिक्षा भएको थियोे जसमा घरेलु हिंसाका घटना ९५ वटा , बहुविवाह ८ वटा जबरजस्ती करणी ६ वटा बाल यौन दुव्र्यवहार १ वटा यौन दुव्र्यवहार २ वटा कतंब्य ज्यान ५ वटा अभद् व्यबहार १३ वटा कुटपिट १ वटा रहेको प्रारम्मिक तथ्यांकमा उल्लेख्य गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख जिवनारायण कोईरालले ग्रामीण क्षेत्रमा भएका मानब अधिकारको घटनामा सबै जागरूक हुनुपर्ने बताउदै सुरक्षित रूपमा बाच्न पाउने अधिकार बाट कोहि पनि बन्चित हुन नहुने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले मानब अधिकार प्रति राज्य सम्बेदनशिल र जिम्मेवार रहेको बताउदै कहि कतै मानब अधिकारका घटना भएमा त्यसलाई सबैले न्युनिकरण गनुपनें बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अघांखाँचीका निमित्त प्रमुख प्रहरी निरिक्षक अजुन पौडेलले राज्यको निदेंशक पालना गनें मानब अधिकारका घटना घट्न नदिनको लागि आफुहरू जिम्मेवार रहेको बताए ।

कायंत्रममा जिल्ला अदालतका श्रेस्तदार महेश खनालले नेतृत्व तहबाट मानब अघिकारका घटना उल्लघन भएकोले त्यसमा गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अघांखाँचीका उपाध्यक्ष बिरेन्द् केसीले इन्सेकले प्रहरी प्रहासन,स्थानीय तह सँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम बनाउन समेत सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय जनमोचांका अध्यक्ष थम्मन केसि नेकपा माओवादी केन्द्रका नेता डिलाराम पाण्डे राष्ट्रिय स्वतन्त्र पाटिका नेता हरि भुसाल लगायतका नेताले मन्तब्य राख्दै मानब अधिकारका घटना प्रति राज्य गम्भीर र जिम्मेवार हुनुपर्ने बताए कायंत्रममा विभिन्न सरकारी तथा गैर सरकारी निकाय पत्रकार, सामाजिक अभियान्ता, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै