१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

अर्घाखाँची: भिरबाट धकेली आफ्नै भाईको हत्या

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नै दाजुले भाइको हत्या गरेको खुलेको छ ।

बुधबार भुमिकास्थान नगरपालिका १ खलाधारा भीरबाट लडी साम्नेगाँउ निवासी ७० बर्षका बिर बहादुर गमालको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार बुधबार दिउसो करिव ४ बजेको समयमा विर बहादुर गमाल र उनका ७४ बर्षिय दाजु हिम बहादुर गमालले भत्ता बुझेपछि हिड्दै घर फर्केका थिए । घर फर्किदै गर्दा बेलुकी ७ बजेको समयमा बाटोमा लेनदेको बिषयमा २ भाइको सामान्य विवाद भई धकेला धकेल हुँदा भिरबाट धकेली मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

हिम बहादुर गमाललाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै