मालारानी २ डाडाँकटेरीका पसलहरु अनुगमन (तस्विरहरू)

नवीन रसाइली अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा मालारानी गाउँपालिका वडा नं. २ डाँडाकटेरीका पसलहरु अनुगमन गरिएको छ । बिहीबार डाँडाकटेरीका किराना पसल, होटल, फलफुल पसल, मिठाइ पसल, फेन्सी तथा कस्मेटिक पसल लगायतका २२ वटा पसलको अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा पसलहरुबाट मिति गुज्रिएका ५ प्याकेज खाने तेल बरामद गरिएको छ । अनुगमनको क्रममा लाइसेन्स नलिइ संचालन गरेका पसलहरुलाई १५ दिन भित्र दर्ता गर्न निर्देशन दिइएको घरेलुु कार्यालयका सहायक लक्ष्मी प्रसाद दाहालले बताए । दाहालले मुल्य सुचि नराखेका पसल, बोर्ड नराखेका पसलहरुलाई पनि मुल्य शुचि र बोर्ड राख्न आग्रह गरे ।

बजार अनुगमनमा केही पसलहरुले मुल्यसुची राखेको भएपनि सरफाइ राम्रो नगरेकाले अझै सुधार गनुपर्ने देखिएको छ । अनुगमनको क्रममा दर्ता नगरेका पसललाई निर्देशन बमोजिम काम नगरे कारबाही अघि बढाउने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका पोमनारायण कुँवरले बताए ।

बजार अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका सहायक लक्ष्मीप्रसाद दाहाल, सुरेस भुसाल, मालारानी गाउँ पालिकाबाट तेजलाल पन्थी, पदम आचार्य, जिल्ला प्रशासन कार्यालयबाट पोमनारायण कुँवर, इलाका प्रहरी कार्यालय खनबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र बुढाथोकी, घरेलु कार्यालय अर्घाखाँचीका हुम बहादुर बिक, पत्रकार नवीन रसाइली लगायतको सहभागिता रहेको थियो ।

घरेलु कार्यालयले चाडपर्वको अवसरमा जिल्लाभर बजार गनुगमनलाई तिब्र पारेको छ ।

अनुगमन टाेलीकाे सामुहिक फाेटाे…
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै