सरकारले आजदेखि कर्मचारी नियुक्ति, सरुवा, बढुवा गर्न नपाउने

काठमाण्डाै – सरकारले आज (सोमवार) देखि कर्मचारीको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ ।

निर्वाचन आयोगले गएकाे भदाै २ गते दिएको निर्देशनअनुसार सरकारले आजदेखि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि यी काम नगर्न आजभन्दा १८ दिनअघि अर्थात् गएकाे भदाै २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

आज न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पार्नुभयो । सहायक प्रवक्ता अर्यालले भन्नु भयो, ‘निर्वाचन आयोगले निर्वाचन तयारीको क्रममा नेपाल सरकार, प्रदेश सरकार र पालिकालाई विभिन्न खालको निर्वाचनसँग सम्बन्धित निर्देशनहरू दिँदै आएको छ । यसै सन्दर्भमा भदौ २ गते आयोगले सङ्घ, प्रदेश र पालिकाका कुनै पनि स्वीकृत दरबन्दीभित्र पद खाली छ भने त्यसलाई व्यवस्थापन गर्नका लागि भदौ २० गते (आज) सम्मकाे समय दिएकाे थियाे ।’

निर्वाचन आयोगले यसअघि नै चुनाव प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लामा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ । कर्मचारीलाई चुनाव प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लामा कमिटी पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।

निर्वाचन आयोगले चुनावकाे मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ । आउँदाे मङ्सिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै