४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

टिकटक बनाउने क्रममा भीरबाट खसेर युवकको मृत्यु

Workplace

१९ भदौ, दाङ । दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी शनिबार राति करिब नौ बजे भीरबाट खसेका थिए ।

करिब तीन सय मिटर तल खसेका उनलाई प्रहरीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा लगेको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए ।

मृतक केसी रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए । मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै