१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

दाङः नाचगान गरिरहेका बेला चट्याङ लागेर २ जनाको मृत्यु, १३ जना घाइते

१५ भदौ, आभास बुढाथोकी दाङ । दाङमा नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जानको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

दाङको घोराही उपमहानगरपालिका -१२ गुरउमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएको डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

तीजको बेला महिलाहरू साल डाडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको डीएसपी गौतमले बताए ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै