१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार

रिलायबल इन्स्योरेन्स अर्घाखाँचीको अभिकर्ता सम्मान तथा तिज विशेष दर खाने कार्यक्रम सम्पन्न

१२ भदौ, नवीन रसाइली अर्घाखाँची । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँची शाखाको आयोजनामा अभिकर्ता सम्मान तथा तिज विषेश दर खाने कार्यक्रम सम्पन्न भएको छ । आइतबार सन्धिखर्कमा अभिकर्ता सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै एन.एम.बैंक नेपाल अर्घाखाँचीका शाखा प्रमुख कृष्ण खनालले इन्स्योरेन्स जीवनमा जरुरी रहेको बताए । उनले रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँचीले छोटो समयमै सफलता हासिल गर्न सफल भएको बताउदै यश इन्स्योरेन्समा दाबी भुक्तानी समेत सजिलै पाउन सक्ने भएकाले सबैले रिलायबलमा बिमा गर्न अनुरोध समेत गरे । ‘अहिले बिमा नहुने क्षेत्र नहुने बताउदै लामो यात्रा तउ गर्नका लागि पनि बिमा जरुरी छ’ उनलेे भने ।

यसैबीच नेपाली नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा “तीज विशेष दर खाने कार्यक्रम” सम्पन्न भएको छ । कार्यक्रममा एन.एम.बैंक अर्घाखाँचीका शाखा प्रमुख कृष्ण खनाल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य राधा नेपाली, अजोड इन्स्योरेन्स अर्घाखाँचीका प्रमुख विनोद मरासिनी, रिलायबल इन्स्योरेन्स एजेन्सी म्यानेजर गिता जि.सी, शुसिला खनाल, यमकला विक, रुपा विक नेपाली, लक्ष्मी खनाल भण्डारी, कमला भुसाल, होटल व्यवसायी तथा रिलायबल इन्स्योरेन्स अभिकर्ता तिलका भुसाल, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँची शाखा प्रमुख आशीष भुसालको अध्यक्षता, रुपा विक नेपालीको स्वागत मन्तव्य र नवीन रसाइलीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै