४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

गुल्मीमा ट्रक दुर्घटना, चालकको मृत्यु

गुल्मी – गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका–३ का ३७ वर्षीय ट्रक चालक रनबहादुर ढेङ्गाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सडक भासिएपछि ट्रक दुर्घटना भएको र चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

ट्रकका सहचालक भने जोगिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै