२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

बाँदर र बदेलको आतंकले अर्घाखाँचीका किसान हैरान

Workplace

१७ साउन, नविन रसाइली अर्घाखाँची । बाँदर र बदेल आतंकले अर्घाखाँचीका किसान हैरान भएका छन् । जिल्लाका अधिकांश ठाउँमा बाँदर र बदेलले मकै तथा खेतीबाली नष्ट गर्दा किसानले हैरानी खेप्नु परेको हो । मकै जोगाउनको लागि किसान बिहानै देखि बेलुका सम्म खेतबारीमा बस्नु परेको मालारानी गाउँपालिकाका वडा नं. ५ चौहान डाँडाका किसान शोभाखर भुसालले बताए ।

बिहान देखि बेलुका सम्म बारिमा बाँदर धपाउदैँ बस्दा समेत बाँदरले झुक्याएर मकै खाइदिएको र मकै जोगाउन धौ धौ भएको सन्धिखर्क नगरपालिका वडा नं. १२ का किसान शिव नेपालीले बताए । वर्षभरीमा अन्य समयमा भन्दा मकै पाक्ने समयमा बाँदर बढी लाग्ने गरेको उनले बताए ।

जिल्लाको सितगंगा नगरपालिका वडा नं. ५, ६, ७ र १० मा बाँदर र बँदेलको आतंक रहेको प्रेस लुम्बिनी डटकम संवाददाता बिक्रम आचार्यले जानकारी दिए । सितगंगामा भने बाँदरको भन्दा बदेलको आतंक बढी रहेको उनले बताए ।

यसैबिच छत्रदेव गाउँपालिकाको वडा नं. ४ गाउँडाँडामा पनि बाँदर र बदेलको आतंकले हैरान पारेको किसान कमल न्यौपानेले बताए । बदेलले दिनहुँ बाली नष्ट गरेको न्यौपानेले जानकारी दिए ।

बाँदरले जिल्लाका अन्य स्थानहरुमा पनि किसानलाई हैरान पारेको छ । जिल्लाको पाणिनी गाउँपालिका, भुमिकास्थान नगरपालिकामा पनि बाँदर आतंकले हैरान पारेको किसानहरुले बताए । बाँदर नियन्त्रका लागि गत वर्ष प्लाष्टिकको पाइप प्रयोग गरेपनि अहिले त्यसले टेर्न छाडेको किसानहरु बताउन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (50%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै