१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

म्याग्दीमा पहिराेले घर बगाउँदा दुई जनाकाे मृत्यू, तीन जना बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिराेले घर बगाउँदा दुुई जनाको ज्यान गएकाे छ । तीन जना बेपत्ता भएका छन् ।

आज बिहान घामबहादुर विक र गोठे विकको घर पहिराेले बगाएकाे हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।

गोठे र उहाँकी श्रीमती गोरी विक पहिराेमा परेर घाइते भएका छन् । घामबहादुर, उहाँकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेकाे जानकारी दिनुभयो । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै