३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

छत्रदेव गाउँपालिकाका तत्कालीन अधिकृत जोशी विरूद्ध भ्रष्टाचार मुद्दा दायर

Workplace

अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचार मुद्दा दायर गरेको छ।

फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिदमा भ्रष्ट्राचार ठहर गर्दै अख्तियारले जोशी विरुद्ध आज (साेमबार) विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा उनीसँग ४ लाख ४७ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ।

जाेशीले फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको, बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सिमित हुने गरी सामानहरु खरिद गरेको भन्ने उजुरी परेपछि अख्यिारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

विएलमा साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै