२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव भेटियो

Workplace

काठमाण्डाै । काठमाण्डौको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव भेटिएकाे छ । श्रीमान् दिनेश पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार केशव पाण्डे झुन्डिएकाे अवस्थामा फेला पर्नुभएको छ भने अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको छ । आज साेमवार बिहान स्कुल जाने बेलामा एक जना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

उनीहरूको कसरी ज्यान गयो भन्नेबारे खुलिसकेको छैन । अहिले डाक्टरसहित प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै