आकाश विश्वकर्मा ।
शिक्षा नै मानव जीवनको एक अभिन्न अङ्ग हो । अन्धो समाजलाई एउटा उज्यालो प्रकाश छरिदिने महत्त्वपूर्ण वाहक तत्व हो । मान्छे जतिसुकै ठुलो डाक्टर पाईलट इन्जिनियर किन नहोस तर यसको मुल श्रोत भनेकै शिक्षा हो । नकारात्मक पक्षलाई पन्छाउदै सकारात्मक पक्षको कदर गर्दै अशिक्षित नागरिकलाई शिक्षित बनाउदै शिक्षाको ज्योति छरिदिनु नै यसको मुल कार्य र मुख्य उदेश्य हो । समाजमा रहेका अन्य, अत्याचार, शोषण, दमन, कुसंस्कार ,विसङ्गति, हिंसा, कुरुती समाजलाई रुपान्तरण सिङ्गो समाज अथवा मानव जगतलाई मुक्ति गर्नको लागि आधारभूत रूपमा चाहिने भनेको नै शिक्षा हो । समान्ति पुजीवादी कुरिति र विसङ्गति विरुद्धको संर्घषलाई सचेत ढंगले अगाडि बढाउनु श्रम शोषण बाल शोषण महिला शोषण जस्ता अन्य शोषण अन्त्य गर्न महत्त्वपूर्ण भुमिका रहेको हुन्छ । शिक्षाले न जात छुटयाउन्छ नत धनि गरिव नै सबैलाई बराबरी र समानता रुपमा शिक्षा प्रदान गर्नु नै शिक्षाको मुल पक्ष हो तर पनि हाम्रो समाजमा हुदा खाने र हुने खानेहरुको विचमा शिक्षा प्राप्त गर्ने सवालमा जटिल समस्याको गहिरो खाडल रहेको छ ।
वास्तवमा भन्ने हो भने शिक्षा र राजनीति एकै सिक्काको दुईवटा पाटा जस्तै हुन् । वितिसकेको समय नेपाली राजनीति क्षेत्रमा सकृय युवा पुस्ता र विद्यार्थी युवा संस्कार भन्दा धेरै गुट र उपगुट द्वारा दिक्षीत छ, आफ्नै नजिकका आफन्त आफ्नै व्यक्तिगत स्वार्थ र नातावाद जातिबाद हेर्न ठिक्क छ त्यसैले देशको विकास र भविष्य सङ्कट र धरापमा छ, मातृ भुमि देश बेचेरै धनी भईन्छ भन्ने भ्रम फैलिरहेको छ, महिला दलित र अल्पसंख्यमाथि हुने हिंसा भष्टचार जस्ता घटना घटिरहेका छन, त्यसैले ८० वर्ष काटेको वा हाप सेन्चुरि काटेको वृद्धले देश वैज्ञानिक ढङ्ग प्राणाली बाट विकास गर्छ भनेर हामी युवा विद्यार्थी पुस्ताले आशा विश्वास र भरोसा नगरेकै राम्रो युवा नेतृत्वले नै असल समाज र राष्ट्र निर्माणमा अतुलनीय सदैव महत्त्वपूर्ण भुमिका रहेको हुन्छ ।
त्यसकारण राजनीति नै सबैभन्दा समस्या समाधानको एक मात्र विकल्प हो । सबै समस्या समधानको लागि लगि सबै भन्दा पहिला युवा विद्यार्थीहरु नै राजनीति क्षेत्रमा जुट्नु आवश्यक छ । आफै खांउ आफै लगाउ भन्ने व्यक्तिगत स्वार्थलाई सामाजिक स्वार्थमा रुपान्तरण गर्न सक्नु पर्छ । राजनिती क्षेत्रमा लागेर पार्टीगत रुपमा पार्टी कै झन्डा बोकेर हिड्नै पर्छ भन्ने छैन पार्टीकै नारा लगाई गुनगान गाउदै हिड्नु पर्छ भन्ने पनि छैन तर राजनीतिक क्षेत्रलाई अङ्गाल्दै सभ्य समाजको निमार्ण गर्दै अन्याय अत्याचार विरुद्धको आवाज उठाउनु, गलत कुराको भण्डाफोर विरोध गर्नु सान्तवादि शोषणको अन्त्य गरि असल समाज र राष्ट्रको निर्माण गर्दै सभ्य पहिचान दिनु नै राष्ट्रिय प्रेमी युवा विद्यार्थीको दायित्व हो ।
भविष्यको नेपाल कस्तो बनाउने भन्ने विषयमा कल्पना गर्नको लागि पनि राजनीतिको अति अनिवार्य आबश्यक छ, औपचारिक होस या अनौपचारिक ढंगले शिक्षा आर्जन गरेता पनि विद्यार्थी जिवनमा राजनितीक संघर्ष लड्न जरुरी छ।