इरान–अमेरिकाबीच दोस्रो चरणको शान्ति वार्ता हुने : पाकिस्तानमा हुने वार्ताका लागि प्रतिनिधि पुग्दै

समाचार सारांश
Auto Generated by AI
  • इरान र अमेरिकाबीच युद्ध अन्त्यका लागि पाकिस्तानको मध्यस्थतामा दोस्रो चरणको शान्ति वार्ता हुँदैछ।
  • वार्ताका लागि दुवै देशका उच्च प्रतिनिधिहरू पाकिस्तान पुग्दैछन्।
  • शान्ति वार्ताको सम्भावनाले गर्दा विश्व बजारमा कच्चा तेलको भाउ घट्ने संकेत देखिएको छ।

काठमाण्डौ – इरान–अमेरिकाबीच युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने भएको छ । पाकिस्तानको मध्यस्थतामा वार्ता हुन लागेको हो ।

वार्ताका लागि दुई देशका प्रतिनिधि पाकिस्तान जाँदैछन् । नवनियुक्त अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्नर इरानसँगको शान्ति वार्ताका लागि आज बिहान पाकिस्तान पुग्दै हुनुहुन्छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यो वार्ता सफल भएमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि भ्रमणका लागि तयार रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाइले पनि आफूसहित विदेश मन्त्री अब्बास अराघची पाकिस्तानमा दोस्रो चरणको छलफलका लागि तयार रहेको बताउनुभएको छ । अर्थपूर्ण वार्ता र इरानले प्रमाणित रूपमा परमाणु हतियार त्याग्नुपर्ने कुरामा अमेरिकाले जोड दिएको छ ।

अमेरिका र इजरायलले गएको फेब्रुअरी २८ तारिखमा इरानमाथि संयुक्त रुपमा आक्रमण शुरू गरेका थिए, जसको प्रतिक्रिया स्वरूप इरानले हर्मुज जलमार्ग भएर हुने इन्धन ढुवानीमा प्रतिबन्ध लगाएको छ ।

मध्यपूर्वको युद्ध अन्त्यका लागि दोस्रो चरणको वार्ता हुने निश्चित भएसँगै कच्चा तेलको भाउ घट्ने संकेत देखिएको छ । पहिलो चरणको वार्तामा कुनै प्रगति नभएपछि कच्चा तेलको भाउ बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img