राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

समाचार सारांश
Auto Generated by AI
  • संविधान संशोधनका लागि राष्ट्रिय सहमति जुटाउने कार्यदलका संयोजक असिम शाहले बताउनुभएको छ।
  • सरकारले सबै सरोकारवालासँग बृहत् छलफल गरेर मात्र संशोधनको प्रक्रिया अघि बढाउनेछ।
  • संयोजक शाहले १५ देखि २० दिनभित्र प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिनुभएको छ।

काठमाण्डौ – संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुने बताउनुभएको छ ।

सरकारले एकलौटी ढङ्गले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको र कुनै आशङ्का नगर्न उहाँको आग्रह छ । हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधानविद् तथा कानुनविद्सँगको परामर्श बैठकमा संयोजक शाहले पछिल्लो समय आइरहेका भ्रमलाई चिर्दै सबै राजनीतिक दल तथा सरोकारवालासँगको बृहत् परामर्शबाट नै संविधान संशोधन हुने बताउनुभयो ।

उहाँले सरकारको १०० दिने कार्य योजनाअनुरूप नै संविधान संशोधनका लागि बहसपत्र तयार गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वाचापत्रमै संविधान संशोधनको मुद्दालाई प्राथमिकता दिएको र अबको १५–२० दिनभित्र सरोकारवालासँग बृहत् छलफल गरी तयार पारिने प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइने संयोजक शाहले बताउनुभयो ।

छलफलका क्रममा कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीले संशोधनका लागि पहिचान गरिएका मुख्य विषयवस्तु प्रस्तुत गर्नुभएको थियो । संविधानविद् पूर्णमान शाक्यले संविधानको आधारभूत संरचना प्रतिकूल नहुने गरी मात्र संशोधन गरिनुपर्नेमा जोड दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img