२१ बैशाख २०८१, शुक्रबार
२१ बैशाख २०८१, शुक्रबार

अर्घाखाँचीका एक शिक्षक जबरजस्ती करणी आरोपमा पक्राउ

Workplace

अर्घाखाँची । अर्घाखाँचीकाे मालारानी गाउँपालिकाका एक शिक्षक जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन ।

मालारानी गाउँपालिकाको मा.वि. स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले आरोपी शिक्षकलाई पक्राउ गरेको छ ।

शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात अर्घाखाँची जिल्ला अदालतमा पेश गरीएको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

पीडक र पीडित भनिएका दुवै जनाको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (13%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (88%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै