आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, ४० प्रतिशत भाषा सङ्कटमा

९ फागुन, काठमाण्डाै । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।

दिवस मनाइरहँदा भाषा संरक्षणमा भने चुनौती थपिँदै गएको छ । मातृभाषाको संरक्षणका लागि गरिएका प्रयासहरु पर्याप्त हुन सकेका छैनन् ।

अध्ययन अध्यापनमा मातृभाषालाई माध्यमका रुपमा प्रयोग नगरिँदा मातृभाषाको संरक्षण कार्य कठिन बन्दै गएको छ ।

२०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषा बोलिन्छ । यो सङ्ख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको सङ्ख्याभन्दा पनि बढी हो । मातृभाषा भनेको मानिसको सभ्यता र संस्कारको संवाहक हो ।

मातृभाषा विना कुनै पनि देशको सांस्कृतिक एकता कल्पना गर्न सकिँदैन । नेपालमा बोलिने झण्डै ४० प्रतिशत भाषा सङ्कटमा परेका छन् ।

आदिम समुदायका मातृभाषा विद्यालयको प्रयोगमा नहुँदा र सार्वजनिक जीवनमा प्रयोगबाट समेत छुट्दै गएकाले यी भाषाहरु सङ्कटमा परेको भाषा आयोगका अध्यक्ष लबदेव अवस्थीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषाको संरक्षणमा भाषा आयोगले काम सुरु गरेको छ । ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको छ ।

आयोगका अध्यक्ष अवस्थीले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा यी भाषा संरक्षणका काम सुरु गरेको बताउनुभयो । सङ्कटमा रहेका भाषामा राउटे, साम, मनाङे, धुलेसी, फाङ्दुवाली, सुरेल, मालपाँडे, खरिया, कुर्माली, बराम, लुङखिम, सधनी, कागते, वनकरिया, काइकेलगायत छन् ।

मातृभाषा संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा विज्ञले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

- Advertisement -spot_img
-Advertisement-spot_img