आज विश्व रेडियो दिवस, गाउँघर र दूरदराजमा अहिले पनि रेडियो निर्विकल्प

१ फागुन, काठमाण्डाै । आज विश्व रेडियो दिवस, रेडियो पत्रकारितामा भरोसा भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । समाज विकास, परिवर्तन र रुपान्तरणमा रेडियोको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको पाइन्छ । विशेषगरी विपद्का बेलामा रेडियोको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ ।

समूहमा बसेर रेडियो सुन्ने प्रचलन २०६२/६३ सालको जनआन्दोलनसम्म कायम नै थियो । त्यसपछि समूहमा बसेर रेडियो सुन्ने घटे पनि २०७२ साल वैशाखमा भूकम्प गएका बेला रेडियो सूचनाका लागि सशक्त माध्यम बनेको थियो । धेरैले सूचना तथा जानकारी रेडियोबाट मात्रै पाउने गरेका थिए ।

रेडियोलाई सबैभन्दा प्रभावकारी सञ्चारमाध्यमका रुपमा लिइन्छ । तर, सजिलो र कम खर्चिलो सञ्चारमाध्यम भए पनि प्रविधिको विकासका कारण पछिल्लो समयमा सहरी क्षेत्रमा रेडियोको व्यापकता खुम्चिँदै गएको छ । तर, गाउँघर र दूरदराजमा अहिले पनि रेडियो निर्विकल्प सञ्चारको माध्यम हो ।

नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियोको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । नेपालमा २०५२ सालदेखि एफएम प्रसारण सुरु भएको थियो ।

२०५४ सालदेखि निजी क्षेत्रले समेत एफएम रेडियो सञ्चालन गर्न पाउने कानुन बनेपछि २०५४ साल जेठ ९ गते दक्षिण एसियामै पहिलो निजी क्षेत्रको स्वतन्त्र रेडियोका रुपमा रेडियो सगरमाथाले प्रसारण सुरु भयो । त्यसपछि अहिले देशका विभिन्न ठाउँमा रेडियो खुलेका छन् ।

खोलिएका रेडियोको सङ्ख्या हजारौँ पुगिसकेको छ । इटलीका वैज्ञानिक जिमार्कोनीले रेडियोका आविष्कार गर्नुभएको हो । उहाँले सन् १८९५ मा रेडियो तरङ्ग पत्ता लगाउनु भएको थियो । त्यसको २४ वर्षपछि मात्रै रेडियोको व्यावहारिक रुपमा प्रसारण सुरु गरिएको थियो ।

सन् १९१९ को अक्टोबरमा अमेरिकामा पहिलो पटक रेडियो खुले पनि विश्वमा औपचारिक रुपमा रेडियो प्रसारण अमेरिकाको पेन्सिलभेनिया सहरबाट सन् १९२० मा भएको मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

पेट्रोलियम पदार्थको भाउ यथावत

दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

- Advertisement -spot_img
-Advertisement-spot_img