श्रमजीवी पत्रकार लाई कामबाट हटाएकोमा प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण( विज्ञप्ति सहित )

काठमाडौं ।

गोरखापत्र संस्थानमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाइएको घटनाप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

गोरखापत्र संस्थानमा कार्यरत २८ जना श्रमजीवी पत्रकार लाई काम बाट हटाइएको हो ।

“प्रेस विज्ञप्ति

गोरखापत्र संस्थानमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाइएको घटनाप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

गोरखापत्र संस्थान प्रशासनले ‘व्यावसायिक तथा कार्यक्षमता’को आधारमा नभई आस्थाको आधारमा संस्थानमा कार्यरत २८ जना श्रमजीवी पत्रकार (स्टिन्जर)हरुलाई कामबाट हटाएको हो ।

आस्थाकै आधारमा ‘कार्यक्षमता’को दृष्टिले अब्बल र लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउनु अत्यन्तै दुःखत छ । यस प्रकारको कदमको प्रेस चौतारी नेपाल घोर भत्र्सना गर्दछ ।

संस्थानमा लामो समयदेखि आफ्नो उर्बर समय खर्चेका योग्यतम् श्रमजीवी पत्रकारहरुलाई प्रोत्साहित गर्दै संस्थानलाई अब्बल सरकारी सञ्चार माध्यमको रुपमा स्थापित गर्नका लागि संस्थान नेतृत्व क्रियाशिल हुनुपर्ने हो । तर संस्थानको नयाँ नेतृत्व कार्यकर्ता भर्ती केन्द्र र दलको क्रिडास्थल बनाउनका निम्ती उद्यत छ ।

तसर्थ संस्थानमा हटाइएका २८ जना श्रमजीवी पत्रकारहरुलाई तत्काल पुर्नवहाली गर्न चौतारी नेपाल जोडदार माग गर्दछ । अन्याथा श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाको लागि प्रेस चौतारी कडा आन्दोलनमा जान बाध्य हुनेछ ।

मिति : १६ कात्तिक २०७८ ।

राजेश राई
महासचिव
“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img