दमाम।
नेपाली राजदूतावास रियाद र एनआरएनए साउदी अरबको संयुक्त पहलमा अधिकांश नेपालीहरु कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको शहर दमाममा आउटरिच कार्यक्रम सम्पन्न भएको छ ।
दमाम अन्तगर्त राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये ८२५ जनाको राहदानी बितरण कार्यक्रम संयुक्त रूपमा सफल भएको हो ।
उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सुबिधा लाई मनन गरि नेपाली दूतावास रियादका का. बा. राजदूत श्री दिलिप कुमार पौडेल, प्रथम सचीव श्री ऋषि आचार्य, पुर्बी क्षेत्रमा कार्यरत नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका पुर्ब अध्यक्ष, आईसीसी सदस्य नारायण पासवान , लगायत सम्पूर्ण दुताबास परिवार कार्यमा स्वयंसेवक भएर खटिनु भएका गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अभियान्ता ,एनआरएनए साउदी अरबका संस्थापक एवम् संरक्षक, साउदी अरबका सफल व्यवसायी राजु सैयद निवर्तमान अध्यक्ष तथा नव निर्वाचित आईसीसी सदस्य श्री तेज थापा अध्यक्ष, डमर यादब, महासचिव उमेश भट्टराई ,प्रबक्ता शुक्र मोक्तान, सदस्य गणेश अर्याल, क्षेत्रिय अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष पदम महत , कोषाध्यक्ष रमेश भट्टराई एलसीसि कतिफका अध्यक्ष सन्तोष गौतम , एलसीसि जुबेलका अध्यक्ष श्री देब नारायण चौधर , ओम कुमाल , संस्थापक सदस्य ओम घले , स्याम कुमार महतो र खेम गुरुङ लगायत को उपस्थितिमा सम्पन्न भएको गैर आवासीय नेपाली संघ साउदी अरबको मध्यपूर्व क्षेत्रीय संयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन ।