चाडपर्व हाम्रो सांस्कृतिक धरोहर हुन् : सांसद घिमिरे

शोभाखर पन्थी ,अर्घाखाँची ।

नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
विजया दशमी ,शुभ दिपावली,छठ पर्व तथा नेपाल संवतको पुर्व सन्ध्यामा आयोजित कार्यक्रमका सहभागीहरुले,संस्कृतिको संरक्षण ,सामाजिक सद्भाव , एकता र मेलमिलापको निम्ति चाडपर्वको महत्त्वपुर्ण भुमिका हुने बताए । उनिहरु चाडपर्वलाई भड्किलो बनाउन नहुने भन्दै मितव्ययीताका साथ हर्षोल्लासमय वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी प्रदेशसभाका सदस्य रामजी प्रसाद घिमिरेले नेपाली संस्कृति र सामाजिक एकता सँग जोडिएका कारण चाडपर्वको महत्त्व जिवन्त रहिरहने बताउनुभयो । उहाँले चाडपर्व हाम्रा सांस्कृतिक धरोहर भएको भन्दै यसलेशान्ति , बिकास र समृद्धिको यात्रालाई समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने बताउनुभयो । नेकपा एमालेका नेता समेत रहनुभएका सांसद घिमिरेले कर्मचारी संयन्त्र मुलुकको स्थायी सरकार भएको भन्दै कर्मचारीमा त्याग र उत्साहजनक रुपमा कामगर्ने ईच्छाशक्ति पैदा हुनुपर्नेमा जोड दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले कर्मचारीमा सेवाभावको भावना हुनुपर्ने बताउनुभयो ।
नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष शिला पोख्रेलको अध्यक्षता, सुवर्ण खनालको संचालन र उपाध्यक्ष तुलशा श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापा,नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य बलाराम मिश्र,आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष झविन्द्र खनाल,प्रेस चौतारी नेपालका प्रदेश संयोजक शोभाखर पन्थी ,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै गौरवमय ईतिहास भएको कर्मचारी संगठनले जनसेवालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला स्थित कर्मचारीहरुको उल्लेख्य सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै