१६ बैशाख २०८२, मंगलबार
१६ बैशाख २०८२, मंगलबार

मुख्य बजारमै खानेपानीको चरम अभाव

अराज बेल्बासे , अर्घाखाँची ।

शितगंगा नगरपालिकाको मुख्य बजार ठाडा दह, अमराई लगायतका गाँउमा खानेपानीको चरम अभाव भएको छ । सुपाखोलाको खानेपानी ९ दिन देखि मर्मत हुन नसक्दा त्यहाँका जनताहरुले सास्थी भोग्नु परेको हो ।

पानीको बैकल्पिक ब्यवस्था गर्न बिभिन्न लिफ्टिङक पानीको ब्यवस्था भए पनि समिति चलायमान नहुँदा यस्तो समस्या परेको स्थानियहरुको भनाई छ । वडा नम्बर ३ को बाउन्ने लिफ्टिङ खानेपानी भएपनि प्रयोग गर्न नसकिने स्थानियले नारायण पौडेलले बताउनुभयो । पटक पटक बिभिन्न बाहानामा लिफ्टिङ खानेपानी अबरोद्ध हुुने गरेको छ अहिले पनि गत तिज बाटनै मिटरमा समस्या आएकोले पानी सुचारु हुन नसकेको समितिका अध्यक्ष उमानन्द अधिकारीले बताउनु भयो । बिद्युतको मिटर कर्मचारीले निकालेर लगे पनि अझै नल्याएकोले सुचारु गर्न नसकेको अधिकारीले बताउनु भयो । यता बिद्ययुत प्राधिकरण ठाडाका कर्मचारी मेगराज खनालले करव २० दिन अघि समस्या आएपछि मिटर निकालिएको बताउनु भयो ।

जिल्ला बिद्युत कार्यलय अर्घाखाँचीका प्रमुख किरण खनालले आइतबार मात्र बिग्रीएको मिटर कार्यालयमा आयो काम गर्न ढिलो भयो । नँया टिओटी मिटर जिल्लाबाट उपलब्ध गराउन नमिल्ने भएकोले रकम जम्मा गरेपछि मात्र काठमाडौबाट ल्याउनु पर्ने अवस्था छ । नंया मिटर जडान गर्न करिव ४२ हजार जम्मा गरेपछि मात्र आउने कार्यालय प्रमुख खनालले बताउनु भयो । करिव २५ बर्ष अघिको योजना जिर्ण भएकोले पनि यस क्षेत्रमा पटक पटक समस्या आउने गरेको छ । मर्मतको लागि समेत स्थानियहरुको सहयोग नहुने गरेको समितिको गुनासो छ ।

बिगत ३ बर्ष देखि नयाँ खाने पानीको काम सुरु भए पनि अझै सम्म सम्पन्न हुन सकेको छैन शितगंगा ३ खस्रका ७० हजार र ५० हजार लिटरको तथा वडा नम्बर ४ को जोगिनिकोटमा ७० हजार लिटरको नयाँ टेयाङकी बनेको २ बर्ष भए पनि अहिले सम्म पानी पुगेको छैन । पुराना १६ हजार लिटर क्षमताको ट्याङकीको पानी प्रयोग गर्ने वडा नम्बर ३ मा करिव ४०० घर रहेका छन भने ति घरका लागि ४० वटा धारा रहेका छन एक धारमा ६ देखि १० घर परवारले पानी भर्ने गरेका छन ट्याङकी भरि हुँदा पनि बढीमा २ देखि ३ घण्टामै पानी रित्तिने प्रलम्बर हरि श्रेष्ठले बताउनु भयो । लिफ्टिङ खानेपानी समेत सानो टयाङकी भएकोले उपभोत्ताको घरमा बढीमा ३० मिनेट मात्र पानी पुग्ने गरेको छ । पानीको चरम अभाव भए पनि स्थानिय सरकार तथा प्रदेश सरकाले उल्लेखिनय काम गर्न सकेको जनताको गुनासो छ ।

स्थानिय तहले वडा नम्बर ३ र ४ का यि बजार क्षेत्रमा खानेपानीका लागि कुनै काम नगरेको स्थानियले गुनासो गरेका छन् यस्तै यस क्षेत्रका प्रदेश सभा सदस्यले जिल्लामा दर्जनौ खानेपानीका योजनामा बजेट बिनियोजन गरे पनि शितगंगाका मुख्य बजार क्षेत्र खानेपानीको हाहाकारमा पर्दा पनि कुनै योजना ल्याउन नसको गुनासो स्थानियहरुको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (20%)
  • दुःखी (60%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (20%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै