संघर्षबाट सफलताको शिखरसम्म: तेजकुमारी र उषाको प्रेरणादायी यात्रा

समाचार सारांश
Auto Generated by AI
  • पाल्पाकी तेजकुमारी कुमालले आर्थिक अभाव र पारिवारिक जिम्मेवारीका बीच मजदुरी गर्दै व्यवस्थापनमा स्नातकोत्तर गरी सफल जागिरे बन्नुभएको छ।
  • उषा कुमालले कठिन संघर्ष र निरन्तर मिहिनेतका कारण कुमाल समुदायबाट पहिलो स्थायी शिक्षिका बन्ने गौरव हासिल गर्नुभएको छ।
  • यी दुवै महिलाको सफलताले शिक्षा र दृढ संकल्प भएमा जुनसुकै कठिन परिस्थितिलाई पनि अवसरमा बदल्न सकिन्छ भन्ने सन्देश दिएको छ।

पदम गैरे पाल्पा ।पाल्पाको बगनासकाली गाउँपालिका–१ घोरबन्दाका कुमाल समुदायका दुई महिलाले कठिन संघर्ष, निरन्तर मेहनत र दृढ इच्छाशक्तिका माध्यमबाट समाजमा प्रेरणादायी पहिचान स्थापित गरेका छन्। आर्थिक अभाव, पारिवारिक जिम्मेवारी र सामाजिक चुनौतीका बीच पनि तेजकुमारी कुमाल र उषा कुमालले शिक्षा तथा पेशागत क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै समुदायका लागि उदाहरणीय व्यक्तित्व बनेका छन्।
बिहान साढे चार बज्नासाथ घोरबन्दाकी तेजकुमारी कुमालको दिनचर्या सुरु हुन्छ। घरको सरसफाइ, खाना पकाउनेदेखि परिवारको हेरचाहसम्मका जिम्मेवारी पूरा गरेपछि उहाँ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुग्नुहुन्छ। अस्पतालमा उहाँ क्यासियरको जिम्मेवारीमा कार्यरत हुनुहुन्छ।
घर र कार्यालयको दोहोरो जिम्मेवारीका बीच पनि तेजकुमारीले आफ्नो अध्ययनलाई निरन्तरता दिनुभयो। स्थानीय राम निमाविबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएकी उहाँले सेन माध्यमिक विद्यालय तानसेनबाट २०६७ सालमा प्रथम श्रेणीमा एसईई उत्तीर्ण गर्नुभएको थियो। उत्कृष्ट नतिजाका कारण उहाँले स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा बटुल्न सफल हुनुभयो।
आर्थिक अवस्था कमजोर भएका कारण पढाइलाई निरन्तरता दिन उहाँले मजदुरी गर्नुका साथै गाउँका बालबालिकालाई विहानी कक्षा सञ्चालन गरेर समेत सहयोग जुटाउनुभयो। सेन माविबाट कक्षा १२ तथा त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक तह पूरा गर्नुभएकी तेजकुमारीले जागिरसँगै व्यवस्थापन विषयमा स्नातकोत्तर तह समेत सफलतापूर्वक पूरा गर्नुभएको छ।
उहाँका बुबा भक्तबहादुर कुमाल कुनै समय निर्माण क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो। उमेर ढल्कँदै जाँदा परिवारको आर्थिक जिम्मेवारी तेजकुमारीकै काँधमा आएको छ। परिवार, पेशा र अध्ययनबीच सन्तुलन कायम गर्दै उहाँले संघर्षलाई सफलतामा रूपान्तरण गर्नुभएको छ।
यस्तै, सोही गाउँकी उषा कुमाल कुमाल समुदायबाट स्थायी शिक्षक बन्ने पहिलो महिला हुनुहुन्छ। गाउँकै राम निमाविबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएकी उषाले सेन मावि तानसेनबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन बहुमुखी क्याम्पसबाट नेपाली विषयमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभयो।
सुरुमा नर्स बन्ने सपना बोकेकी उषाले गाउँको गरिबी र अशिक्षा देखेपछि शिक्षक बनेर समाज परिवर्तनमा योगदान गर्ने निर्णय गर्नुभयो। उहाँले २०६५ सालमा राहत शिक्षकको रूपमा अध्यापन सुरु गर्नुभएको थियो। निरन्तर मेहनतपछि २०७६ सालमा शिक्षक सेवा आयोग उत्तीर्ण गर्दै कुमाल समुदायकी पहिलो स्थायी शिक्षिका बन्न सफल हुनुभयो। हाल उहाँ ग्राम्य माध्यमिक विद्यालय, चिर्तुङधारामा अध्यापनरत हुनुहुन्छ।
घरायसी जिम्मेवारी, सामाजिक भूमिका र शिक्षण पेशालाई एकसाथ अघि बढाउँदै उहाँले शिक्षक सेवा आयोगको तयारी गर्नुभएको थियो। परिवारका सदस्यहरू विश्राम गरिरहेका बेला उहाँ भने किताब, कापी र कलमसँग संघर्षरत हुनुहुन्थ्यो। यही मेहनतले उहाँलाई सफल शिक्षिकाका साथै आत्मनिर्भर र सक्षम महिलाको पहिचान दिलाएको छ।
शिक्षण पेशाबाट प्राप्त आम्दानीको उचित व्यवस्थापन गर्दै बचत गर्ने बानी विकास गर्नुपर्ने सन्देश पनि उहाँले समाजमा प्रवाह गर्दै आउनुभएको छ। साथै स्थानीय क्लबमार्फत सामाजिक जागरण, मदिरा नियन्त्रण तथा कुमाल भाषा, कला र संस्कृतिको संरक्षणमा समेत उहाँ सक्रिय रहनुभएको छ। उहाँले नेपाल कुमाल समाज सुधार समितिको केन्द्रीय सचिवको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ।
बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले तेजकुमारी र उषा दुवैलाई नजिकबाट चिन्ने बताउँदै अध्ययनप्रतिको लगाव, निरन्तर मेहनत र आत्मविश्वासका कारण उनीहरू समुदायका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो। “तेजकुमारी र उषालाई देखेर धेरै युवायुवतीमा केही गर्नुपर्छ भन्ने भावना जागेको छ,” अध्यक्ष चिदीले भन्नुभयो।
कुमाल समुदायका यी दुई महिलाको संघर्ष र सफलताको यात्राले शिक्षा, आत्मनिर्भरता र दृढ संकल्प भए कठिन परिस्थितिलाई पनि अवसरमा बदल्न सकिन्छ भन्ने सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भूमिकास्थानको १९औँ नगरसभाबाट बजेट पारित

सिंहदरबारतिर जाने बाटो

तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img