काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल ६ दिनको अस्पताल बसाईपछि सोमबार घर फर्किएका छन् ।
अध्यक्ष नेपाललाई त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोलीले उपचार गरेको थियो ।
स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्ने नीजि सचिवालयले जनाएको छ ।

























