विश्वासको मत लिने मिति तोकिएन, दशै अघि कि पछि ?

१७ असोज, विराटनगर । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आहृवान गरेको हिउँदे अधिवेशन असोज २२ गतेबाट सुरु हुदैछ । विश्वासको मत लिनका लागि नियमित अधिवेशन आहृवान गरेका आचार्यले विश्वासको मत लिने समय तोकेका छैनन् ।

सत्ता पक्षका सांसदहरु २२ गतेबाट अधिवेशन सुरु हुने र दसैंपछि मात्रै विश्वासको मत लिने बताउँछन् । तर प्रतिपक्षी दलहरु दसैंअघि नै लिनुपर्ने पक्षमा छन् ।

नेकपा एमाले विभाजनको एक दिनपछि गत भदौ १० गते भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशमा दल विभाजनको पत्र भदौ २५ गते आएको थियो । २५ पछिको ३० दिन भित्र नै विश्वासको मतका लागि प्रस्ताव लैजाने सत्ता पक्षको तयारी छ ।

प्रदेश १ उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लछुमन तिवारी संविधानले तोकेको समयसीमा भित्र विश्वासको मतका लागि प्रस्ताव लैजाने बताउँछन् । प्रस्ताव लगेपनि विश्वासको मत कहिले लिने भन्ने टुङ्गो नभएको उनको भनाइ छ ।

संविधानको धारा १८८ को उपधारा २ को प्रावधान अनुसार ३० दिन भित्र विश्वासको मत लिनका लागि प्रस्ताव लैजाने तर विश्वासको मत लिने समय नतोकेका कारण विश्वासको मत लिने समयलाई केही दिनपछि सार्ने सत्ता पक्षको तयारी छ । उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागि दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । ३० दिनभित्र प्रस्ताव लैजानुपर्ने प्रावधान भएपनि विश्वासको मत लिनका लागि निश्चित समय नतोकिएकाले दसैंपछि मात्रै विश्वासको मत लिने तयारी रहेको ती सांसदले बताए ।

मन्त्री तिवारी भने विश्वासको मत लिनका लागि सभामुखले समय तोक्नुपर्ने बताउँछन् । ‘विश्वासको मत लिनका लागि सभामुखले समय तोक्नुहुन्छ,’ उनले भने, ‘सर्वदलीय छलफल होला, मुख्यमन्त्रीसँग परामर्श भएपछि मिति तोकिएला ।’ २२ गतेबाट प्रकृया सुरु भएपनि मत लिने मिति भने टुङ्गो नभएको तर्क छ ।

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले असोज २२ गते प्रकृया सुरु गरेर दसैं अघि नै विश्वासको मत लिनुपर्ने बताए । सत्ता पक्षले दसैंपछि विश्वासको मत लिने तयारी गरेको बताउँदै उनले दसैंअघि नै लिने वातावरण बनाउन प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई आग्रह गरिएको बताए । सभामुख प्रदीपकुमार भण्डारीलाई पनि दसैं अघि नै विश्वासको मत लिने मिति तोक्न आग्रह गरिने उनले बताए ।

प्रतिपक्षी दलले केही दिन अघि प्रदेश प्रमुख प्यासीलाई भेटेको थियो । भेटमा प्रदेश प्रमुखको भूमिकाप्रति असन्तुष्टि जनाएको प्रतिपक्षी गठबन्धनले दसैं अघि विश्वासको मत लिने वातावरण बनाउनका लागि पहल गर्न आग्रह गरेको थियो ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेमा ४१ सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img