३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

बन्द रहेका सिनेमा घर असोज दोस्रो हप्तादेखि खुल्ने

Workplace

११ असोज, काठमाडौ । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घर असोजको दोस्रो हप्ता देखि खुल्न दिने निर्णय सरकारले गरेको छ । चलचित्रकर्मीले पनि अब दशैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् ।

नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भन्नुभयो, “निर्माताहरूसँग छलफल भइरहेका कारण दशैँको फूलपातीदेखि नयाँ चलचित्र प्रदर्शनीमा आउने लक्ष्य राखेका छौँ । ”
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले उपत्यकाको सिनेमा घर मात्र खोल्ने निर्णय गरेको हुनाले मौफसलका सिनेमा घर पनि खुला गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

उपत्यकाबाहेक प्रमुख फिल्म बजार रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग हल खुलाउनेबारे छलफल गरिएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले १० भन्दा बढी जिल्लाका सीडीओसँग संवाद गर्नुभएको बताउनुभयो ।

दर्शकलाई घरभन्दा सिनेमा घरमा सुरक्षित छ भन्ने विश्वास दिलाउन सकिएमा मात्र दर्शकलाई आकर्षित गर्न सकिने बताउँदै उहाँले थप्नुभयो, “स्वास्थ्यभन्दा ठूलो चलचित्र पक्कै पनि हुँदैन । त्यसैले पनि तयारी गर्नुपर्नेछ । ” आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै