सातौ सुरक्षित गर्भपतन दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

१० असोज, सागर परियार प्रेस लुम्बिनी अर्घाखाँची । सुरक्षित गर्भपतन अधिकारः मौलिक हक सुनिश्तिताको आधार भन्ने मुल नारा साथ सातौ सुरक्षित गर्भपतन सेवा दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना र आई पास नेपाल सहयोगमा यौन तथा प्रजजन क्षेत्रमा काम गर्ने सरोकारवाला र सन्धिखर्क नगर शिक्षा शाखाको समन्वयमा तिन विद्यालयका किशोर किशारीहरुसंग यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नगर शिक्षा शाखाका प्रमुख मन्जु आचार्यले यौन तथा प्रजनन जस्तो निकै सम्बेदनशिल कुरा भएकाले सबै सरोकारवालाहरुले महत्वका साथ लिनु पर्नेमा दिनुभएको छ । समाजले शिर्जना गरेको कुप्रथाले गर्दा अझै पनि हाम्रा समाजका किशोर किशोरीहरु हिंसाको चपेटामा परिहेको भन्दै विद्यालय स्तरमै यस्ता चेतनामुलक कार्यक्रमहरु हप्तामा या महिनामा एक चोटी राख्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

यौन तथा प्रजनन क्षेत्रको रुपमा काम गरिरहेको संस्था आई पास नेपालका अर्घाखाँची र पाल्पाका क्लस्टर संयोजक रामकुमार साहले आफ्नो संस्थाले गरका काम र यौन तथा प्रजनन् अधिकारको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका राम प्रसाद गौतम, गिता भुसाल, समाज सेवा तथा वातावरण संस्कृति संरक्षण समुुहका कार्यकारी प्रमुख बाबुराम पौडे्ल लगायतका सरोकारवालको उपस्थीती रहेको थियो ।

कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख पुप्पा थापाको अध्यक्षता र रामकुमार साहको सहजिकरणमा समपन्न भएको हो । त्यस्तै आइ पास नेपालको कार्यक्षेत्र रहेको पाणिनी, भुमिकास्थान, सितगंगा, मालारानी लगायतका पालिकाहरु मा पनि महिला सामुदायीक अगुवा र तीनीहरुको सहयोगीको सक्रियतामा आज सुरक्षित गर्भपतन सेवा दिवस विभिन्न कार्यक्रम गरि मनाएका छन्। उक्त कार्यक्रममा स्थानीय महिला दिदि बहिनीहरुलाई सहभागी सुरक्षिगर्भपतन तथा यौन प्रजनन्को विभिन्न विषयका सचेतना जगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img