
१० असोज, सागर परियार प्रेस लुम्बिनी अर्घाखाँची । सुरक्षित गर्भपतन अधिकारः मौलिक हक सुनिश्तिताको आधार भन्ने मुल नारा साथ सातौ सुरक्षित गर्भपतन सेवा दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना र आई पास नेपाल सहयोगमा यौन तथा प्रजजन क्षेत्रमा काम गर्ने सरोकारवाला र सन्धिखर्क नगर शिक्षा शाखाको समन्वयमा तिन विद्यालयका किशोर किशारीहरुसंग यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नगर शिक्षा शाखाका प्रमुख मन्जु आचार्यले यौन तथा प्रजनन जस्तो निकै सम्बेदनशिल कुरा भएकाले सबै सरोकारवालाहरुले महत्वका साथ लिनु पर्नेमा दिनुभएको छ । समाजले शिर्जना गरेको कुप्रथाले गर्दा अझै पनि हाम्रा समाजका किशोर किशोरीहरु हिंसाको चपेटामा परिहेको भन्दै विद्यालय स्तरमै यस्ता चेतनामुलक कार्यक्रमहरु हप्तामा या महिनामा एक चोटी राख्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
यौन तथा प्रजनन क्षेत्रको रुपमा काम गरिरहेको संस्था आई पास नेपालका अर्घाखाँची र पाल्पाका क्लस्टर संयोजक रामकुमार साहले आफ्नो संस्थाले गरका काम र यौन तथा प्रजनन् अधिकारको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका राम प्रसाद गौतम, गिता भुसाल, समाज सेवा तथा वातावरण संस्कृति संरक्षण समुुहका कार्यकारी प्रमुख बाबुराम पौडे्ल लगायतका सरोकारवालको उपस्थीती रहेको थियो ।
कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख पुप्पा थापाको अध्यक्षता र रामकुमार साहको सहजिकरणमा समपन्न भएको हो । त्यस्तै आइ पास नेपालको कार्यक्षेत्र रहेको पाणिनी, भुमिकास्थान, सितगंगा, मालारानी लगायतका पालिकाहरु मा पनि महिला सामुदायीक अगुवा र तीनीहरुको सहयोगीको सक्रियतामा आज सुरक्षित गर्भपतन सेवा दिवस विभिन्न कार्यक्रम गरि मनाएका छन्। उक्त कार्यक्रममा स्थानीय महिला दिदि बहिनीहरुलाई सहभागी सुरक्षिगर्भपतन तथा यौन प्रजनन्को विभिन्न विषयका सचेतना जगाएका थिए ।