१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

पत्रकार महासंघद्धारा प्रेस काउन्सिल अध्यक्षलाई स्वागत तथा अन्तरक्रिया

१० असौज, हृदय भुसाल अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको आयोजनामा महासंघको जिल्ला स्थिीत कार्यालयमा नेपाल प्रेश काउन्सिल नेपालका केन्दि«य अध्यक्ष बालकृष्ण बस्नेत,केन्दि«य सदस्य ठाकुर बेल्वास लाई जिल्लामा स्वागत गर्दै अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।


काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रमा शुद्धिकरण आवश्यक रहेको भन्दै प्रदेश सरकारहरुले बनाउदै गरेका बिभिन्न खालका मिडिया बिधियकहरु पत्रकार मैत्री नभएका हुदा सवै पक्षले चौतफी दबाब श्रृजना गर्नुपर्ने बताए । अध्यक्ष बस्नेतले भने,‘पत्रकारिता जनताको नजरमा बिश्वास गर्ने खालको हुनु पर्छ,अहिले पनि करिब ३ हजार गैह« पत्रकारले सदस्य लिएका छन,हिम्मतका साथ शुद्धिकरण गर्नुपर्छ, काउन्शिले चुनौतीका साथ बिभिन्न गतिबिधीहरुको प्रत्येक्ष बिरोध गरेका छौ,सवैले सकरात्मक तवरले पत्रकरीताको बिकासका लागी लागौ’ ।
काउन्सिलका केन्द्यि सदस्य ठाकुर बेल्वासेले पत्रकारिताको ऐतिहास गर्भिलो र सुनौलो भए पनि बर्तमान निकै चुनौतीपुर्ण भएको भन्दै पत्रकारितालाई गुणस्तरिय ब्यवसायिक बनाउनु पर्ने बताए । बेल्वासेले अर्घाखाँचीको मिडिया र पत्रकारको वृद्धि बिकासका लागी काउन्सिलले आवश्यक सहयोग गर्ने बताए ।
पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक खनालले अर्घाखाँचीको पत्रकारिता बिभिन्न चुनौतीका साथ अगाडी वढेको भन्दै काउन्सिलको महत्वपुर्ण सहयोगको आबश्यकता रहेको बताए । अध्यक्ष खनालले प्रेश काउन्सिलका अध्यक्ष, सदस्यलाई स्वागत गर्दे,पत्रकारिता क्षेत्रका सवै पक्षको सहयोगले नै पत्रकारिता क्षेत्रलाई बिश्वास योग्य र गतिशिल बनाउन सकिने बताए ।


कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष शोभारखर पन्थी,हिम बहादुर जिसी लेकाली प्रदेश सदस्य प्रेम नारायण आचार्य, जिल्ला सहसचिब हृदय कुमार भुुसाल कोषाध्यक्ष रुदमणि भुसाल निबर्तमान उपाध्यक्ष गणेश खनाल,सुर्य प्रसाद भुुसालल लगायतको उपस्थिीती रहेको थियो ।


स्वागत तथा अन्र्तकृया कार्यक्रमा जिल्लाको पत्रकारिताको अवस्था चुनौती अवसरका वारेमा छलफल गदै काउन्सिल बाट हुन सक्ने सहयोगका वारेमा समेत छलफल भएको पत्रकार महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै