३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

ब्यक्ति ,बिषय र विशेष

✍️सहयोगी वि.सि अर्घाखाँची

Workplace

 "पिताम्बर रायमाझी"

जन्म स्थान:- तत्कालीन अर्घा गाबिस ४ खाड
बुवा देबि बहादुर रायमाझी प्रचलित नाम “देउमाने माझी” (उहाँ हात खुट्टा भाँचिएको हड्डी टुटेको लाई स्थानीय जडिबुटी बाट निको गराउनु हुन्थ्यो।पाल्पा मिसन अस्पतालले पनि निको पार्न नसकेको हड्डी चुरुनै चुरुना भएको भाँचिएर बाँङगो भएको समेत लाई जे को त्ये बनाउने अत्यन्तै सफल ब्यक्ति हुनुहुन्थ्यो)आमा ललिता रायमाझी
जन्म २००४ साल जेठ १६ गते
शिक्षा :- एस. एल. सि. महेन्द्र हाईस्कुल तम्घास गुल्मी (२०२२) आई. एस. सि.अस्कल क्याम्पस काठमाडौ (२०२३-२५) बिए अध्ययन पाटन कलेज (२०२८)

पारिबारिक अबस्था:-
२०२४ सालमा धारापानी हिले थारपाईला निवासी डिल बहादुर बन्जाडे ( तत्कालीन प्रधानपंच ) कि छोरी बिष्णु कुमारी रायमाझी संग बिबाह एक भाइ स्वर्गीय प्रचण्ड रायमाझी ( शिक्षक )
६ बहिनी हरु( मालारानी ५ बाँगी गुँरासे ,सन्धिखर्क ८ खाल ,बर्दिया, बागलुङ , प्युठान र सन्धिखर्क ५ वांङला
छोराहरु :-२ रमेश रायमाझी:- इलेक्टि्रकल इन्जिनियर हाल कतार बुहारी:- प्रतिभा रायमाझी सिटि बैंक सहायक प्रबन्धक काठमाडौ
चिरञ्जीवी रायमाझी:- सिभिल इन्जिनियर जगदम्बा स्पाईनीङ मिल डाईरेक्टर भैरहवा
बुहारी :- सुजाता रायमाझी निर्वाचन अधिकृत नवलपरासी
छोरी :- निर्मला सिंह जिल्ला हुलाक कार्यालय कपिलवस्तु ज्वाइँ केशब सिंह नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु ५ कार्यकाल सभापति
बिमला कुँवर मेण्टल हस्पिटल पाटन ज्वाँई कृष्ण कुँवर (पाल्पा) निर्वाचन अधिकृत भक्तपुर
सर्मिला खड्का हेल्थ असिस्टेन्ट प्युठान बिजुवार
पिताम्बर खड्का( प्युठान ) मा. बि. प्रधानाध्यापक अनिता टण्डन प्रोडन्सियन इन्स्योरेन्स प्रा. लि. लेखा इन्चार्ज ज्वाइँ चन्द्र टण्डन (अर्घाखाँची) सिटि एक्सप्रेश बैंक प्रबन्ध निर्देशक डाईरेक्टर

उहाँले २०२४ सालमा आई. एस. सि. अध्ययन पुरा गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको निर्णय अनुसार जनज्योति हाईस्कुलमा २ बर्ष निशुल्क अध्यापन गराउन सुरु गर्नुभयो।
प्रधानाध्यापक पुरुषोत्तम आचार्य हुनुहुन्थ्यो ।उहाँ संगै पिताम्बर भुसाल (अर्घा चेन्टे पिताम्बर )खिमानन्द पंथी ( बाँगी ) नारायण प्रसाद भुसाल (अर्घा) पिताम्बर भट्टराई ( खाँचिकोट डिहिडाँडा) नारायण भट्टराई (नरपानी भुवनडाँडा ) फर्सुराम पराजुली ( तुम्कोट ) बाबुराम पोखरेल ( सन्धिखर्क भलाडाँडा ) गंगाधर घिमिरे ( ढिकुरा ) बिश्वनाथ पाठक ( कपिलवस्तु ) दयाराम पौडेल (डिभर्ना )
ले संयुक्त रूपमा अध्यापन गराउन सुरु गर्नुभयो।
सोही शिक्षक टोलि मध्ये फर्सुराम पराजुली सो पार्टी छोडेर नेपाल कम्युनिस्ट पार्टी (माले) मा प्रबेश गरे संग संगै पार्टीको निर्णयले शिक्षक बाट निस्कासन गर्ने निधो गर्‍यो।
बिधालय बाट शिक्षक निष्कासन गरेपछि जिल्लामा ठुलो आन्दोलन भयो। सो समस्या राष्ट्रिय समस्या भयो।सो समस्या लाई समाधान गर्न नरपानीमा बडा हाकिम चक्रबन्धु अर्याल ( स्याङ्जा ) र जिल्ला शिक्षा निरीक्षक गुरु प्रसाद ज्ञवाली आएर समस्या समाधान गर्न कोसिस भयो। पिताम्बर रायमाझी बिधालयको जिम्मेवारी लिएर नरपानी छलफलको निम्ति जानू भयो।बिधालयमा राजनीति गरेको पंचायत बिरोधि काम गरेको भन्ने आरोप लगाउँदै उहाँ लाई अनेकौं धाक धम्की दिईयो। तर उहाँ टसको मस गर्नु भएन।पार्टीको निर्देशन अनुसार आफ्नो अडान राख्नु भयो। सो टोलिले प्रधानाध्यापकले राजीनामा दिएर समस्या समाधान गर्नुपर्ने सुझाव दियो।तर उहाँले सो कुरा मेरो जिम्मेवारी भन्दा बाहिरको कुरा भन्दै उक्त कुरा अस्वीकार गरेर फर्कनु भयो।
यता सो बिषयमा के कस्तो कुरा भयो।अब अगाडि कसरी बढने भन्ने बिषयमा पार्टीको न्युक्लियस( बिष्णु “प्रदिप” हंशपुर , खुबिराम आचार्य अर्घा ,डण्डपाणी शास्त्री हंशपुर रामचन्द्र पोखरेल भलाडाँडा ) बैठक बसेको थियो।नरपानी बाट आएर दिनभरीको सम्पुर्ण विवरण पेश पछि राती नै चुत्राबेशी बसेर पार्टीले अब प्रधानाध्यापकले मात्रै होइन सबैले राजीनामा दिनु पर्दछ भन्ने निर्णय गर्‍यो ।अर्को दिन सबैले संयुक्त राजिनामा दिनु भयो।
पार्टीको त्यै निर्णय नै अर्घाखाँचीको कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो गलती भएको उहाँ मान्नु हुन्छ।त्यो बेला नेपाल भर नेपाल कम्युनिस्ट पार्टी मात्र थियो।अलि अलि मात्र नेकपा (माले) जन्मिएको थियो।
त्यस पछि जनज्योति हाईस्कुल नेकपा (माले) को नेतृत्वमा चल्न सुरु गर्‍यो ।खेमराज (पंडित )प्युठान वीर बहादुर सिंह (प्युठान)फर्सुराम पराजुली (अर्घाखाँची ) लगायतले अध्यापन गराउन सुरु गर्नुभयो।
१-२ बर्ष चल्दा नचल्दै सो बिधालयमा कांग्रेस हरुले अधिपत्य जमाए ,र त्यसैको निरन्तरतामा बिगत ५० बर्ष देखि कांग्रेस शिक्षकको बाहुल्यतामा बिधालय संचालनमा छ।
त्यो बेलाको कम्युनिस्ट पार्टी बिचको सत्रुतापूर्ण व्यवहार अहिलेसम्म कायम रहेको उहाँको भनाई छ।
जब आफ्नो कब्जा बाट बिधालय कांग्रेसको कब्जामा गएपछि २०४२-४३ सालमा पुन नेकपा ( माले)खासगरी गुणनिधी भुसालको सक्रियता र पहलमा भगवती मा. बि. शंखेटारी खोलिएको उहाँ बताउनु हुन्छ।
देख्दा सामान्य लाग्ला एउटा कम्युनिस्ट पार्टीको नेतृत्वमा चलेको बिधालय लाई अर्को कम्युनिस्ट पार्टी ले आफ्नो कब्जामा ल्याउन खोज्दा हातको माछो फुत्काएर कुरिमा हात हाल्ने परिस्थिति सिर्जना भएको र अर्घाखाँचीको कम्युनिस्ट आन्दोलनमा यसले ठुलो घाटा भएको उहाँको ठम्याई छ।
२०४८ सालको स्थानीय निर्बाचन लाई तत्कालीन मसालले बहिष्कार नगरेको भए अहिले सो पार्टी नै पहिलो शक्तिको रूपमा हुने थियो भने त्यो बेला नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पकड जमाएर संचालन गरेको बिधालय बाट आफूले मैदान खाली गरिदिने आत्मघाती निर्णय नगरेको भए जिल्लाको स्थिति परिस्थिति अर्कै भएर जान सक्दथ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै