क्यान महासंघ रुपन्देही को २० औं साधारणसभा सम्पन्न

९ असोज, बुटवल । कम्प्युटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा रुपन्देही (क्यान) को २० औं वार्षिक साधारणसभा शनिबार एक कार्यक्रम बिच सम्पन्न भएको छ । सूचना प्रविधिको विकास एवं प्रर्वद्धनका लागी स्थापना भएको क्यानले स्थापना कालदेखि निरन्तर रुपमा आफ्नो कार्यलाई अघि बढाउँदै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिको जानकारी गराउने कार्य गर्दैं आइरहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति कम्प्युटर एसोसिएसन नेपाल महासंघ केन्द्रीय सदस्य नारायण प्रसाद श्रेष्ठले सूचना प्रविधि क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य अनुरुप रुपन्देही लाई ससक्त रुपमा अघि बढन सुझाब दिए । कार्यक्रममा क्यान महासंघ लुम्बिनी प्रदेशका सचिव नारायण खनाल, लुम्बिनी प्रदेश सदस्य रेश्मीराज घिमिरे ,जिल्ला शाखा पूर्व अध्यक्ष लोकरी पाण्डे लगायतले बोलेका थिए । कार्यक्रममा क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले वार्षिक प्रतिवेदन र भावी योजना प्रस्तुत गर्दै रुपन्देहीका दुई स्थानीय तह बुटवल उपमहानगरपालीका र तिलोत्तमा नगरपालीका सघं को कार्यालय को लागी जग्गा पहल भइरहेको र बुटवल उपमहानगरपालीका संग मिलेर सडक डिभाइडर तारबार सहित बृक्षारोपण गरिने रुपन्देहीका सम्पूर्ण आइटि ब्यवसायी र कर्मचारीलाई लक्षित गरी ब्याट तथा इनकम टक्स सम्बन्धि कार्यक्रम गरिने । डिजिटल रुपन्देहीको अवधारणा ल्याउन तथा सूचना तथा संचार प्रविधिको विकासमा क्यानको महत्वूर्ण भूमिकालाई अझ सक्रिय बनाउने बताए ।

त्यस्तै अधिवेशनमा कोषाध्यक्ष सुभास घिमिरेले बार्षिक आर्थिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए कोषाध्यक्ष र अध्यक्षको प्रतिबेदन सर्बसम्मतले पारीत भएको थियो । सहसचिव सुरेश चन्द भट्टराइले कार्यक्रम संचालन गरेका थिए भने सदस्यको तर्फबाट बुद्धि पराजुलिले अफ्नो भनाइन पस्तुत गरेका थिए । सि एस आइटि का निवर्तमान अध्यक्ष नारायण अधिकारीले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img