कांग्रेसको अझै १३ जिल्लामा वडा अधिवेशन गर्न बाकी, महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने

नेपाली कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा फेरि संशोधन गर्ने सहमति गरेको हो ।

सहमतिअनुसार अब १३ जिल्लाको वडा अधिवेशन ९ असोजपछि हुनेछ । ती जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद टुंगाएरमात्रै वडा अधिवेशन गर्ने सहमति जुटेको छ । त्यस्तै, १३ जिल्लामा पालिका तह अधिवेशन पनि दसैंअघि मात्रै हुने छन् । तर, वडा अधिवेशन सम्पन्न भइसकेका ६४ जिल्लामा भने ९ असोजमै पालिका अधिवेशन हुनेछ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ जिल्लामा बाहेक वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा ९ असोजमा नै पालिका अधिवेशन गर्ने र बाँकी १३ जिल्लामा दसैंअघि पालिका तहका अधिवेशन सम्पन्न गर्ने सहमति भएको जानकारी दिए । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले दसैंअघि ७७ जिल्लामा नै पालिका अधिवेशन गर्ने सहमति भएको बताए ।

उनका अनुसार त्यसपछिका घोषित कार्यतालिका भने परिमार्जन हुने जनाइएको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले भने समितिले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा मात्रै अधिवेशन मिति सार्न सुझाएको जानकारी दिए । उनले वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा भने बाँकी तहका अधिवेशन गर्न निर्वाचन समिति तयार रहेको जानकारी दिएका छन् ।

यसअघि, पछिल्लो पटक गत ५ असोजका लागि वडा अधिवेशन हुन बाँकी २० जिल्लामा मिति तोकिएको थियो । तर, यसबीच ७ जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक भएपछि ती जिल्लामा भने अधिवेशन भएको छ । बाँकी १३ जिल्लामा भने वडा अधिवेशन बाँकी छ । ती जिल्लाका क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक गरिएको छैन ।आजको राजधानी दैनिकमा यो समाचार छ । आजको राजधानी दैनिकमा यो समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img