फागुन १९ देखी तानसेनमा महाेत्सव हुने

पदम गैरे तानसेन – पाल्पामा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म तानसेन महोत्सव हुने भएको छ । तानसेन नगरपालिकाको आयोजनामा हुने महोत्सवको तयारी भइरहेको आयाेजकले जनाएकाे छ । विगतका वर्षमा तानसेनको टुंडिखेलमा विभिन्न व्यवसायिक संघसंस्थाको आयोजनामा महोत्सव भएपनि यो वर्ष भने नगरपालिका आफैँले महोत्सव गर्न लागेको जनाएको छ ।

पाल्पा र तानसेनलाई चिनाउने गरी कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापार महोत्सव गर्न लागिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले महोत्सवमा पाल्पा र नगरभित्र उत्पादित कृषि तथा घरेलु उद्योगका मात्रै ५० स्टल रहने जानकारी दिनुभयो । कुल ३०० वटा स्टल महोत्सवमा राखिनेछ ।

महोत्सवबाट तानसेन नगरपालिकाको आन्तरिक राजश्वमा बृद्धि हुने र त्यसले तानसेनको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयाे । उहाँले राजश्व वृद्धि भए विभिन्न निकायबाट हुने सहयाेगमा समेत बढ्ने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
विगतमा विभिन्न संघसंस्थासँगको सहकार्यमा नगरपालिकाले महोत्सव गरेकोमा यो वर्ष नगरपालिकाले पहिलो पटक आफैँ महोत्सव गर्न लागेको नगरका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो । महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, स्थानीय स्तरमन कलाकारहरुको नृत्य प्रतियोगिता, झाँकी प्रतियोगिता हुने उहाँले बताउनुभयो ।
नगरपालिकाले महोत्सव गरेर व्यापार गर्न लागेको भन्ने पत्रकारहरुको जिज्ञासामा नगर प्रमुख श्रेष्ठले त्यसलाइ अस्वीकार गर्नुभयाे । उहाँले पाल्पामा आर्थिक चलायमानमा गराउन नगरपालिकाले महोत्सवको आयोजना गरेको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले महोत्सवबाट पाल्पाको पर्यटन, कृषि, व्यापार तथा घरेलु उद्योगमा टेवा पुग्ने विस्वास गर्नुभयो । उहाँले भन्नुभयो, नगरपालिकाले महोत्सव गर्न मिल्दैन भन्ने कही पनि लेखेको छैन, महोत्सव र व्यापार प्रवद्र्धनका कार्यक्रम गर्न पाउनु नगरपालिकाको अधिकार हो । संविधान र स्थानीय सरकार संचालन ऐन अनुसार महोत्सव गर्नु जायज भएको ज्ञवालीको भनाई छ ।
महाेत्सवबाट ६१ लाख बढी बचत गर्ने नगरपालिकाकाे याेजना रहेकाे छ । महोत्सवमा पत्रकारहरूले अन्य बेलाको भन्दा मेला पृथक हुनुपर्नेमा जोड दिएका थिए । व्यापारिक संघसंस्थाले गरेका मेला महोत्सव नगरपालिकाले गर्न आँट गर्नु सुखद् पक्ष भएपनि महोत्सवलाई नयाँपन दिनुपर्नेमा पत्रकारहरुले जोड थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img