कालीकोटका ८ वटा पालिकामा बिजुली पुग्यो

कालीकोट – कालीकाेटकाे आठ वटा पालिकामा बिजुली पुगेकाे छ । नाै वटा पालिका रहेकाे कालीकाेटमा पलाँता गाउँपालिकाबाहेक अरू पालिकामा बिजुलीकाे पहुँच विस्तार भएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताउनुभयो ।

खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा बिजुलीकाे पहुँच पुगेको हो । आठ वटै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने बिजुलीकाे पहुँच पुगेकाे छैन । अहिले वडावडामा बिजुलीकाे प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले बताउनुभयो ।

‘गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ । अब चाँडै पलाँतामा पनि बिजुली पुर्‍याउँछाैँ’, साहले भन्नुभयो । पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै बिजुलीकाे पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहको भनाइ छ ।

यहाँका २६ हजार सात सय ७९ घरधुरीमध्ये चार हजार पाँच सय घरमा बिजुलीकाे मिटर जडान गरेकाे प्रमुख साहले बताउनुभयो । ‘बिजुली पुगेको क्षेत्रमा घरधुरीको अनुपातमा कमैलै मात्र मिटर जडान गरेका छन्’, उहाँले भन्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै