चीनमा भुकम्प : एक सय जनाभन्दा धेरैको ज्यान गयो

चीनमा भूकम्प जाँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । अहिले उद्धारको काम भइरहेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कान्सुमा एक सय जनाको ज्यान गएको छ । त्यसैगरी छिङ्हाइमा ११ जनाको ज्यान गएको विवरण छ । भूकम्पले यातायात, सञ्चार, विद्युत् तथा पानीको आपूर्ति बन्द भएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो छ ।

चीनका राष्ट्रपति सी जिन पिङले मध्यरातमा गएको भूकम्पपछि प्रभावित मानिसको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न खोजी र उद्धारमा जुट्न र आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ । क्षति न्यूनीकरण गर्न समयमै घाइतेहरूको उद्धार र उपचार गर्न र भूकम्पको अवस्था र मौसम परिवर्तनलाई नजिकबाट नियाल्न उहाँले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

- Advertisement -spot_img
-Advertisement-spot_img