म्यानपावर कम्पनीविरुद्ध २ सय ६९ उजुरी

काठमाण्डाै – सात महिनाको अवधिमा म्यानपावर कम्पनीविरुद्ध २ सय ६९ उजुरी दर्ता भएको छ । वैदेशिक रोजगमार विभागका अनुसार यसमध्ये १ सय ६२ उजुरीमा मिलापत्र गराइ २ करोड ९२ हजारभन्दा बढी रकम क्षतिपूर्ति स्वरुप वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई उपलब्ध गराइएको छ ।

यस्तै, यस अवधिमा व्यक्तिगततर्फ ५ सय ९२ उजुरी परेकोमा ६८ वटामा मिलापत्र गराइ २ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ । विभागले वैदेशिक रोजगारको सिलसिलामा ठगीमा परेका, अलपत्र परेका, सम्झौताबमोजिमको काम र तलब सुविधा नपाएका श्रमिकलाई सहयोग गर्दै आएको छ ।

वैदेशिक रोजगार विभागबाट श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा भएका महानिर्देशक मदन दहालले आफ्नो सात महिने कार्यकालमा भएका मुख्य कामहरुको विवरण सार्वजनिक गर्दै विभागको कामले वैदेशिक रोजगार पीडितहरुको उत्साह र मनोबल बढेको दाबी गर्नुभएको छ । उहाँका अनुसार सात महिनाको अवधिमा ३२ वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएको छ ।

यस अवधिमा विभागले ३२ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का, १६ वटाको इजाजतपत्र निलम्बन र दुई म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै