काठमाण्डौ महानगरले सञ्चालन गरेको चाडपर्वलक्षित सरसफाइ कार्यक्रममा दैनिक दुई टिपर फोहर सङ्कलन

unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पर्वलक्षित विशेष सरसफाइका क्रममा दैनिक २ ट्रिपर थप फोहर सङ्कलन गरिरहेको छ ।

पर्वलक्षित अभियान अन्तर्गत नियमित सफाइसँगै शक्तिपीठ, सडक, सम्पदा क्षेत्र, चोक, गल्ली, टोलको सरसफाइ गर्ने गरेको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो ।

विभाग र महानगर प्रहरी बलबाट खटिने जनशक्तिसँगै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका जनशक्तिलाई विशेष सरसफाइ, स्वच्छता र सुन्दरता अभिवृद्धि गर्ने काममा लगाएको उहाँले बताउनुभयो । विशेष सफाइ आज बन्द रहनेछ ।

भोलि र पर्सि बिहान ४ बजेदेखि ७ बजेसम्म अभियान चल्ने साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो । दशमी र एकादशी गरी २ दिन बन्द हुने अभियान द्वादशीका दिनदेखि नियमित हुने उहाँले बताउनुभयो । काठमाण्डौ महानगरपालिकाले दशैँलगायत पर्वका बेला फोहरलाई व्यवस्थापनको लागि सहयोग गर्न सबैसँग अनुरोध गरेको छ ।

पर्वका समयमा घरघरमा खानेकुरा धेरै पकाइने भएकाले  मुख्य दिनहरुमा घरेलु फोहर धेरै उत्पादन हुन्छ । यस्ता फोहरलाई सकेसम्म व्यवस्थापन गर्न र फाल्नुपर्ने फोहर सङ्कलक आएपछि मात्र बाहिर निकाल्न महानगरको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै