सन्धिखर्क नगरपालिकाः दुर्घटना रोक्न कुकुर बन्ध्याकरण शिविर संचालन

लक्ष्मण घिमिरे अर्घाखाँची । छाडा कुकुरको बिकबिकी भएपछी अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको छ । सन्धिखर्क बजार तथा आसपासका क्षेत्रमा छाडा कुकुरको बिकबिकी बढेपछि नियन्त्रण गर्न पहिलो चरणमा ३ दिने बन्ध्याकरण अभियान सुरु गरिएको सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठले बताए ।

बिहान र रातिको समयमा बाटोमा हिंड्ने व्यक्ती, बालबालिका तथा पशुचौपायलाई छाडा कुकुरले जथाभावी टोक्ने र सडकमा दुर्घटना गराउने जोखिम बढेकाले पहिलो चरणको शिविरबाट १ सय २० कुकुरको बन्ध्याकरण गर्न शिविर संचालन गरिएको नगरपालिकाले जनाएको छ ।

बन्ध्याकरण अभियानलाई क्रमशः नगरपालिकाभित्र रहेका १२ वटै वडामा लैजाने मेयर श्रेष्ठले बताए । ‘नगर भित्रका १२ वटै वडामा रहेका सम्पूर्ण कुकुरलाई बन्धाकरण तथा रेबिज विरुद्वको सुई लगाईने छ,प्रमुख श्रेष्ठले भने,‘कुकुरको आतंक बढ्यो, सडक दुर्घटनाको पनि सम्भावना बढेपछी यो अभियान चलाएका हौं ।’ नगरपालिकाको वडा नम्बर २ मा रहेको वधशाला भवनमा संचालन गरिएको शिविर ३ दिनसम्म चल्ने छ । बन्ध्याकरण शिविरमा कुकुरको खानाको व्यवस्था नगरपालिकाले नै गरेको छ ।

‘वातावरण तथा सामाजिक रुपान्तरण लागि युवा’ नामक संस्था रुपन्देहीले प्राविधिक सहयोग गरेको शिविरमा आर्थिक सहयोग नगरपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै