कांग्रेस अर्घाखाँचीको १४ औ महाअधिबेशन उदघाट्न सत्र सम्पन्न

हृदय भुसाल अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँचीको १४ औँ महाधिवेशनको अन्तरगत आज उदघाट्न शत्रको कार्यक्रम सम्पन्न भएको छ । सन्धिखर्क बजारमा र्याली सहित नारा जुलुसका साथ बजारमा परिक्रम गरि टुडिखेलमा उदघाटन सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उदघाट्न नेपाली काग्रेसका केन्द्रिय सदस्य एबम प्रतिनिधि सभा सदस्य मान बहादुर बिकले दिप प्रज्जलन गरि गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै बिकले पार्टीलाई एकजुट बनाई सशक्त कांग्रेस बनाउन लाग्नुपर्ने भन्दै एकजुट हुदा काग्रेसलाई कसैले पनि हराउन नसक्ने बताए । अब हुने सबै निर्वाचनमा काग्रेसलाई भारी मतले जिताउनका लागी आजैबाट काग्रेसको दरिलो एकताको खाचो रहेको प्रमुख अथिथी समेत रहेका बिकले बताए । नेपाली काग्रेसले संकटको हरेक बेला देश र जनताको पक्षमा काम गरेको भन्दै जनताको बिचमा कम्युनिस्टले गलत रुपमा गरेको भ्रम चिर्नु पर्ने आबश्यकता रहेको बताए ।

कार्यक्रमका विशेष अथिती कांग्रेस केन्द्रिय सदस्य तथा संसदिय दलका सचेतक पुस्पा भुसालले काग्रेसको बिचार र सिद्धान्तको आधारमा पार्टीलाई सशक्त र बलियो बनाउनु पर्ने बताइन् । कम्युनिस्ट बिचारधारा पुर्णरुपमा असफल भएको र कम्युनिस्टहरु निरंकुसताको बाटोमा अगाडि बढेकोले कांग्रेस जनतााको मन जितेर अगाडी बढ्नु पर्ने सांसद भुसालले बताईन् । सत्य,न्याय,समानता र बिकासको सबालमा जनताको मनमा बस्नु पर्ने भन्दै सहकार्य र एकताको बाटो आजको प्रमुख कुरा भएको बताईन् ।

उद्घाटन शत्रमा पुर्बमन्त्री रेबती भुसाल, डाक्टर राम बहादुर बिसि, पुर्ब जिल्ला सभापति तथा जिल्ला समन्वय प्रमुख पिताम्बर भुसाल पुर्ब सभापति तथा सन्धिखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसालले अधिबेशन सफलताको सुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम जिल्ला सभापती बिष्णु प्रसाद खनाल (मुस्कान) को अध्यक्षता उपसभापति शान्ता भण्डारीको स्वागत मनतब्य सचीव छबिलाल पौडेलको संचालनमा सम्पन्न भएको छ । अधिवेशनको बन्द सत्र आज साझ बाट नै सुरु हुने आयोजकले जनाएको छ । करिब १५ सय जति जिल्लाभर बाट सहभागी प्रतिनिधिले अधिबेशनमा जिल्ला कमिटी तथा केन्द्रिय प्रतिनिधि चयन गर्न लागेको अधिबेशनमा विभिन्न पदका प्रत्यासी धेरै भएकोले अन्तिम सम्म सर्बसम्मत बनाउने प्रयास जारी नै रहने सहमति नभए शान्तिपुर्ण बाताबरणमा भोलि नै निर्वाचन हुने प्रचार बिभाग प्रमुख माधब पौडेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै